इलाम, माघ १६
भारत निकासी ठप्प भएपछि इलामका अदुवा उत्पादक किसान र व्यापारी मार्कामा परेका छन् । भारतीय बजार निकासी हुने अदुवा निकासीमा रोक लगाएपछि इलामका किसान र ब्यापारी मार्कामा परेका हुन् ।
सुरुमा नै किसानहरुले बजारसम्म पुर्याएको अदुवा पनि ब्यापारीको गोदाममा नै थन्किएको छ । किसानबाट करोडौं मूल्यमा खरिद गरिएको अदुवा थन्क्याएर राखिएको अदुवा ब्यापारी कृष्ण पौडेलले बताए ।
अदुवा निकासी नहुँदा इलाममा मात्रै करोडौंको अदुवा गोदाममा थन्काएर राख्नुपरेको उनको भनाइ छ । किसानले अदुवा बेच्नका लागि दैनिक सम्पर्क गर्ने गरे पनि यसअघि संकलन गरेको अदुवा बिक्री नभएपछि हैरानी भएको पौडेल बताउछन् ।
ब्यापारीहरुले किसानबाट संकलन गरेको अदुवा गोदाममा नअटेपछि खुल्ला सडकमा समेत राखेका छन् । इलाममा ३ हजार दुई सय ३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको र प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालय इलामको तथ्यांकमा उल्लेख छ ।