Nepal Times
Nepal Times
3
Shares

जातीय परिकारसहित फुडफेस्टिवल हुने

जातीय परिकारसहित फुडफेस्टिवल हुने

विराटनगर, माघ १६
सुनसरीको इटहरीमा मौलिक जातीय परिकारसहित फुडफेस्टिवल हुने भएको छ । युथ फर सोसियल डेभलमेन्ट संस्थाको आयोजनामा यही बिहीबारदेखि ९ दिने फुडफेस्टिवल सञ्चालन हुन लागेको हो ।

थारु, नेवारी, गुरुङ, माझी, थकाली, मारवाडी, शेर्पा जातिको मौलिक परिकारका साथै ढिंडो गुन्द्रुक, सिस्नोलगायतका करिब ५० किसिमका परिकारहरु राखिने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष मनोज भुजेलले फुडफेस्बिवलमा इण्डियन, चाइनिज, अमेरिकन, इटालियन, कोरियन, मेक्सिकन र इजरायली परिकारहरुको स्वादसमेत लिन सकिने जानकारी गराए । फेस्टिवलमा विभिन्न स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसमेत समावेश गरिने बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.