अब २० लाखको कार किन्दा ६५ लाख कर तिर्नुपर्ने !

काठमाडौं : छिमेकी मुलुक भारतबाट २० लाख रुपैयाँको कार आयात गरी नेपाल ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ सरकारलाई बुझाउनुपर्छ भन्दा अचम्म लाग्न सक्छ। तर मुलुकको वास्तविकता यही हो।

Advertisement

आगामी आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले तोकेको सवारी आयातमा लाग्ने भन्सार दरअनुसार अब २० लाख रुपैयाँको कार खरिद गरी ल्याउँदा विभिन्न शीर्षकमा गरी कुल ६५ लाख रुपैयाँ कर बुझाउनुपर्छ।

भन्सार विभागले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि निर्धारण गरेको सवारीसाधनको आयात भन्सार महसुल दरअनुसार कुनै पनि उपभोक्ताले भारतबाट २५ सयदेखि तीन हजार सीसीमाथिका २० लाख रुपैयाँका कार ल्याउँदा ८० प्रतिशतसम्म भन्सार महसुल बुझाउनु पर्नेछ।

Advertisement

यस्तै शतप्रतिशतसम्म अन्तःशुल्क, आठदेखि १० प्रतिशतसम्म सडक निर्माण दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि करसहित ६५ लाख रुपैयाँ कर बुझाउनुपर्छ। ,याे खबर आजकाे राजधानी दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top