कुटपिटका कारण मृत्यु भएका विराटनगरका सेमानन्द यादवको शवसहित प्रदर्शन

२७ असार, विराटनगर । 
विवाहको बिषयमा विवाद हुंदा मरणासन्न हुनेगरि कुटिएको दाबी गरिएका विराटनगर १४ का सेमानन्द यादवको मृत्यू भएपश्चात मृतकको शवसहित आफन्तले प्रदर्शन गरेका छन् । मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार विराटनगरको कोशी अञ्चल अस्पताल बाहिर सडकमा शवसहित प्रदर्शन गरेका हुन् ।

कोशी अस्पतालमा उपचाररत यादवको बिहीबार राती सवा ९ बजे मृत्यु भएको थियो । मृतकका आफ्न्तहरुले घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ नगरेसम्म मृतकको शव नबुझ्ने अडान लिएका छन् । मृतकका आफ्न्त बिजेन्द्रले घटनाको बिषयमा मुद्धा दर्ता भएको लामो समय वितिसक्दा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न आनाकानी गरिरहेका कारण आफुहरुले शव नबुझने बताएका छन् । उनले अभियुक्तहरुलाई पक्राउ गरि करबाही चलाएमात्र शव बुझ्ने बताए ।

जिल्ला प्रहरी कार्यालय मोरंगका डिएसपी राजकुमार खिउजुले सो घटनाका विपक्षीहरुबिरुद्ध ज्यान मार्ने उद्योग अन्र्तगत मुद्धा दर्ता रहेको र सम्बन्धित ब्यक्तिहरुको खोजी कार्य तीब्र पारिएको जानकारी दिए । सो घटनामा पीडित पक्षले विराटनगर १४ का वडाध्यक्ष बलदेव यादव सहितका अन्य ब्यक्तिहरु बिरुद्ध ज्यानमार्ने उद्योगमा मुदा दर्ता गराएको छ ।

आफुले रोजेको केटीसंग छोरोले विवाह गर्न नमानेपछि जेठ ३२ गते विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा उनलाई कुटपीट गरिएको पीडित पक्षको आरोप छ । सो क्रममा उनको सर्भाइकल स्पाइनमा गम्भीर चोट लागेको पीडित पक्षले जनाएको छ । यता सो घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विराटनगर १४ का वडाध्यक्ष बलदेव यादवले प्रेस विज्ञप्ति जारी गर्दै खन्डन गरिसकेका छन् । उनले छलफलको क्रममा सेमानन्दले मानसिक आवगेमा आफैँले आफ्नो टाउको भित्तामा ठोक्काएको दाबी गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top