नेपालद्धारा मलेसिया ७ विकेटले पराजित, पारस खड्काको विस्फोटक ब्याटिङ

२८ असार, काठमाडौँ ।
कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले मलेसियाविरुद्धको पहिलो खेलमा ७ विकेटको जित दर्ता गरेको छ । योसँगै नेपालले मेलेसियासँग खेल्ने दुई टी–ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ । शनिबार मलेसियाको किनारारा ओभल क्रिकेट मैदानमा १ सय २९ रनको विजयी लक्ष्य नेपालले १८.३ ओभर ३ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा कप्तान पारस खड्का ८६ रनमा अविजित रहे । पारस ५० बलमा ८ चौका र ५ छक्का प्रहार गरे । टी–ट्वान्टी अन्तर्राष्ट्रिय(आई) खेलमा नेपालकोतर्फबाट पारस एकै खेलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । पारसले सन् २०१४ को टी ट्वान्टी विश्वकपमा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध प्रहार गरेकोको सर्वाधिक ५६ रन रेकर्ड तोडेका हुन् । पारसले ३२ बलमा आफ्नो टी ट्वान्टी अन्तर्राष्ट्रिय (आई) दोस्रो अर्ध शतक पुरा गरेका थिए । त्यस्तै सरद भेषवाकर १६ रनमा अविजित रहे ।

पाँचौ ओभरको तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा ओपनर प्रदीप ऐरी बाउन्ड्री लाइन नजिकै अनवार रहमानबाट ८ रनमा क्याच आउट हुन पुगे । प्रदीपले १७ बलमा १ छक्का प्रहार गरे । १० औं ओभरको अन्तिम बलमा २० बलमा ७ रन बनाई खेली रहेका ज्ञानेन्द्र मल्ललाई अनवार रहमानले बोल्ड आउट गरे । अनवार रहमानलेनै १२ ओभरको तेस्रो बलमा रोहित कुमार पौडेललाई ५ रनमा एलवी डब्लू आउट गराए ।

Advertisement

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनायो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिए । वसन्त रेग्मीको १५ ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा बाउन्ड्रीलाइन नजिकै प्रदीप ऐरीले क्याच गर्नु अघि ४९ बलमा ७ चौका १ छक्का प्रहार गरे । त्यस्तै कप्तान अहमद फैजले ४५ रनको योगदान दिए । अन्तिम ओभरको दोस्रो बलमा ललित नारायण राजवंशीबाट क्याच आउट हुनुअघि ३९ बलमा २ छक्का प्रहार गरे ।

Advertisement

सोमपाल कामीले पहिलो ओभरको पाँचौ बलमा ओपनर सैद अजिजलाई शुन्यमा बोल्ड आउट गर्दै पहिलो सफलता दिलाएका थिए । सन्दीपले लामिछानेले सातौं ओभरको पहिलो बलमा फ्रिती सामलाई १२ रनमा करण केसीबाट क्याच आउट गराए । चौथो विकेटका लागि बसन्त रेग्मिले १७ ओभरको चौथो बलमा सफिक सरिफलाई २ रनमा आफैं क्याच आउट गरे ।

मोहम्मद सियाहदत ८ रनमा बोल्ड आउट भए । राम्रो सुरुवात गरेको मलेसिया अन्तिम ५ ओभरमा ३२ रन जोड्न ६ विकेट गुमाएपछि विशाल योगफल बनाउन चुकेको हो । नेपालका लागि करण केसीले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।

वसन्तले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछानले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १ विकेट लिए । नेपालले दोस्रो खेल भोली खेल्ने छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top