समृद्धिमा योगदान दिन साहित्यकारहरुलाई ईश्वर पोखरेलको आग्रह

२९ असार, काठमाडौँ ।
उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकलाई समृद्ध बनाउने अभियानमा विशेष योगदान पु¥याउन साहित्यकारहरुलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री पोखरेलले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई एकतावद्ध बनाए जसरी नै परिवर्तित सन्दर्भमा साहित्यकारहरुले पनि ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न विशेष योगदान दिन जरुरी रहेको स्पष्ट पारे ।

Advertisement

२०६ औं भानु जयन्तिको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको राष्ट्रिय एकतालाई मजदुत बनाउन पनि साहित्यकारहरुले आफ्नो रचनामार्फत् विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याए । मुलुकको राष्ट्रिय एकतामाथि आँच पु¥याउने खालका पात्र र प्रवृत्ति आज पनि सल्बलाउन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले त्यसलाई निष्तेज पार्न सबै भाषा, संस्कृति र साहित्यिक व्यक्तित्वहरुको भूमिका महत्वपूर्ण हुने पनि स्मरण गराए ।

उपप्रधानमन्त्री पोखरेलले भानुभक्तका अनुयायी हामीहरुले राजनीतिक आस्था जहाँ भएपनि भाषा, कला र साहित्यको माध्यामबाट मुलुकको राष्ट्रिय एकतालाई बलियो बनाउन एकतावद्ध हुनुको विकल्प नरहेको पनि दोहो¥याए । त्यस अवसरमा उनले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा एकीकरण गरेको नेपाल, भानुभक्तले भाषाको माध्यामबाट एकीकरण गरेको नेपालको राष्ट्रिय एकतालाई अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top