कांग्रेस बैठकमा महाधिवेशनका विषयमा छलफल नहुने

२९ असार ७६, आइतबार

२९ असार, काठमाडौँ ।
नेपाली काँग्रेसले पार्टीको जारी केन्द्रिय कार्य समिति बैठकमा नियमावलीमा मात्रै केन्द्रित भएर छलफल भईरहेको जनाएको छ । पार्टीको आसन्न महाधिवेशनलगायतका विषयमा पनि छलफल भईरहेको समाचार विभिन्न समाचार माध्याममा आएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बैठक नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै केन्द्रित रहेको बताएका हुन् ।

Advertisement

उनले सो एजेन्डा पारित भएपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल सुरु हुने पनि स्पष्ट पारे । पार्टी केन्द्रिय कार्यालय सानेपामा आइतबार पनि सुरु भएको बैठकमा केन्द्रिय सदस्यहरुले भातृ संगठनहरुलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रावधान आएको भन्दै आपत्ति जनाएका छन् । प्रवक्ता शर्माले बैठकमा केन्द्रिय सदस्यहरु बद्री पाण्डे, शिव हुँमागाई, वीरबहादुर बलायरलगायतका नेताहरुले नियमावलीका विषयमा केन्द्रित भएर आफ्नो धारणा राखेको बताए ।

गत असार २२ गतेबाट सूरु भएको काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली कांग्रेसले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top