×

NEPAL TIMES UPDATES

Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026
Playing
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीः अमेरिका र नेपाल खेल्दै#NEPAL #CRICKET #USA || Nepal Times
Apr 18, 2026

प्रदेश १ सरकारद्वारा एक दर्जन स्रष्टा सम्मानित

२९ असार २०७६

२९ असार ,विराटनगर । 
प्रदेश नम्बर १ सरकारले मुलुक संघीयतामा गएपछि पहिलो पटक भाषा–साहित्य र कला क्षेत्रमा योगदान पु¥याउने एक दर्जन स्रष्टाहरुलाई नगदसहित सम्मान गरेको छ । आदिकवि भानुभक्त आचार्यको २०६ औं जन्मजयन्तीको अवसर पारेर सामाजिक विकास मन्त्रालयले भाषा–साहित्य र कला क्षेत्रमा विशेष योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गरेको हो ।

प्रदेश राजधानी विराटनगरमा शनिबार आयोजित कार्यक्रममा ‘बालकृष्ण पोखरेल भाषा–साहित्य–कला सम्मान’ यस वर्ष भाषाशास्त्री साहित्यकार प्रा.डा. टंकप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । न्यौपानेलाई सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोसल्ला ओढाएर नगद १ लाख रुपैयाँ र सम्मानपत्र समर्पण गरे ।

Advertisement
Advertisement

प्रदेश १ मा रहेर हरेक वर्ष भाषा–साहित्य र कलाका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने एकजना स्रष्टालाई प्रदान गर्ने गरी भाषाशास्त्री बालकृष्ण पोखरेलको नाममा सामाजिक विकास मन्त्रालयले पुरस्कारको स्थापना गरेको हो । त्यस्तै इनरुवा सुनसरीका साहित्यकार उपेन्द्र पागल, विराटनगरका सोमराज अभय, झापाकी भवानी क्षेत्री, उदयपुरका राममणि पोखरेल, इलामका विमल वैद्य, तेह्रथुमका रविमान लम्जेललाई नगद ५० हजारसहित प्रदेश साहित्य–कला सम्मानबाट सम्मानित गरियो । त्यस्तै मोरङ मधु पोखरेल, कलाकार भैरव क्षेत्री, विराटनगरका मैथिली भाषी साहित्यकार रामनारायण सुधाकर, संखुवासभाका मूर्तिकार चन्द्रमान लिंखा, मोरङका संगीतकार जेवी थुलुङ र सुनसरीका कलाकार विष्णुकुमार मोक्तानलाई पनि ५० हजार नगद राशिको प्रदेश साहित्य–कला सम्मान प्रदान गरिएको थियो ।

मन्त्रालयले साहित्यकार बलराम पोखरेलको संयोजकत्वमा ८ सदस्यीय साहित्यकार–कलाकार सम्मान सिफारिस कार्यदल बनाएको थियो । कार्यदलले दिएको सिफारिसका आधारमा मन्त्रालयले सम्मान गरेको हो । कार्यक्रममा सम्मानित साहित्यकार प्रा.डा. न्यौपानेले प्रदेश सरकारले १३ जनालाई मात्रै नभएर आफूले समग्र प्रदेशभरिका स्रष्टालाई सम्मान गरेको महसुस गरेको बताए ।

कार्यक्रममा मन्त्री घिमिरेले नेपाली भाषा संकटमा परेको चर्चा गर्दै भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा प्रदेश सरकार लागिपरेको बताए । उनले यस वर्षदेखि सुरु भएको स्रष्टा सम्मानलाई हरेक वर्ष निरन्तरता दिने उल्लेख गरे । कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद दाहाल, महाशाखा प्रमुख दिव्यराज कट्टेल, कार्यदल सदस्य तथा साहित्यकार मिश्र वैजयन्ती, निर्मला कोइराला, मीनकुमार नवोदितलगायतले प्रदेश सरकारले सुरु गरेको स्रष्टा सम्मानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

 

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top