व्यवसायी चेतन निरौलाद्धारा जन्म दिनमा विपन्न वालवालिकालाई २ सय जोर स्कुल जुत्ता वितरण

१६ माघ ७४, बुधबार

किशोर विश्वकर्मा
विराटनगर, माघ १७
विराटनगरका व्यवसयी चेतन निरौलाले आफ्नो जन्म दिनका अबसरमा सरकारी विद्यालयमा अध्यनरत आर्थिक रुपले विपन्न परिवारका वालवालिकालाई २ सय जोर स्कुल जुत्ता र मोजा वितरण गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका उपाध्यक्ष र लायन्स क्लब अफ विराटनगर युनिकका चार्टर सदस्य समेत रहेका निरौलाले आफ्नो ४४ औँ जन्म दिनको अबसरमा बुधबार करिब ८० हजार रुपैयाँ मुल्य बराबरका २ सय जोर जुत्ता र मोजा विराटनगर–५ स्थित आधारभुत प्राथमिक विद्यालयमा अध्यनरत बालवालिकालाई वितरण गरेका हुन् ।

Advertisement

लयन्स क्लब अफ विराटनगर युनिकद्धारा आयोजित एक कार्यक्रमका बिच निरौला, उनकी पत्नी प्रतिभा र छोरिहरु अनुसा र आयूसा, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानका गभर्नर लिला ढुंगेल, लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष अजय दाहाल, लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानका रिजन चियर पर्सन नित्तम चौहान, लायन विनोद राउतलगायतले स्कुल जुत्ता र मोजा वितरण गरेका हुन् ।

Advertisement

सोही अबसरमा निरौलाको जन्म दिनका अबसरमा केक काटेर जन्म दिन मनाई विद्यालयमा अध्यनरत बालवालिकालाई लियो क्लबका सदस्यहरुले वितरण गरेका थिए ।

सो अबसरमा बोल्दै लायन्स क्लब अफ इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ ए वानका गभर्नर लिला ढुंगेलले जन्म दिनका अबसरमा विभिन्न किसिमले समाज सेवा गर्ने परम्परा लायन्सका सदस्यहरुमा बस्दै गएकाले आर्थिक रुपमा विपन्न परिवारका वालवालिकालाई जाडोको समयमा निरौलाले स्कुल जुत्ता वितरण गरेर सराहनिय कार्य गरेको बताए । उनले व्यवसायी निरौलालाई उक्त कार्यलाई आगामि वर्षहरुमासमेत निरन्तरता दिन आग्रह गरे ।

उक्त अबसरमा लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष अजय दाहालले लायन्स क्लबले विभिन्न वार्षिक उत्सव तथा उत्सवहरुमा सोही प्रकारका कार्यक्रम गरि मनाइदै आएको बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक इन्दु पोखरेलले उक्त विद्यालयमा अध्यन्रत वालवालिका अभिभावक आर्थिक रुपले विपन्न भएकाले स्कुल जुत्ता वितरण गरेर उदाहरणीय कार्य गरेको बताईन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

२९ भूमिहीन परिवारलाई बालेन सरकारले बनायो जग्गाधनी

IMG_7206.JPG

असई थमन मृत्युप्रकरणः ६ जनालाई ५ वर्ष कैद, ३ जनालाई जन्मकैद

MixCollage-02-Jul-2026-12-57-PM-3185

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

सम्बन्धित समाचार

Scroll to Top