×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

बाढी पहिरोमा परेर मृत्यु हुनेहरुको संख्या ६९ पुग्यो (अपडेट)

३१ असार २०७६

३१ असार, काठमाडौँ ।

यही असार २६ गतेदेखि देशका विभिन्न स्थानहरुमा भएको अविरल वर्षा र त्यसबाट सिर्जित विपद्का कारण मुलुकभर हालसम्म ६९ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्तिमार्फत विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भई हालसम्म ६९ जनाको मृत्यु भएको, ३१ जना बेपत्ता भएका, ३८ जना घाइते भएका र १६ हजार ५२० घरपरिवार अस्थायी रुपमा विस्थापित भएको जनाएको छ ।

Advertisement
Advertisement

त्यस्तै हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट तीन हजार ३६६ जना व्यक्तिलाई उद्धार गरिएको छ । उद्घार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय तहका निकायहरु क्रियाशिल छन् । यस कार्यमा जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालका सुरक्षाकर्मी, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायतका सामाजिक तथा मानवीय क्षेत्रमा काम गर्ने सङ्घसंस्थाहरु र स्थानीयवासी परिचालित भएको मन्त्रालयले जनाएको छ ।

शीघ्रातिशीघ्र उद्धारको काम प्रभावकारी रुपमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बन्धित सबैलाई निर्देशन र अनुरोधसमेत भइसकेको छ । मन्त्रिपरिषद्को असार २९ गतेको बैठकले सरकारका सबै निकाय र जनशक्तिलाई परिचालित गरी तत्काल राहतका कार्यहरु तदारुकताका साथ गर्न निर्देशन भएबमोजिम सम्पूर्ण घाइतेको निःशुल्क उपचार, घाइते भई अपाङ्ग एवं अशक्त भएका र मृतकका परिवारलाई यथोचित व्यवस्था गर्ने कार्य भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सरकारले बाढी प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलिन नदिन सतर्कताका साथ औषधि र उपकरणसहित थप स्वास्थ्यकर्मीको टोली परिचालन गरिरहेको विज्ञप्तिमा जनाइएको छ । विपद् प्रभावित क्षेत्रमा यातायात, विद्युत्, खानेपानी, सञ्चारलगायतका अत्यावश्यक सेवालाई सहज बनाइराख्न सरकारी र गैरसरकारी संयन्त्रहरु प्रभावकारी रुपमा परिचालन भइरहेका छन् ।

उद्धार र राहतलगायतका कार्यहरुमा आवश्यक सहयोग पु¥याउन सरकारले जनप्रतिनिधिलगायत सबैलाई आग्रहसमेत गरिसकेको छ । आपत्कालीन उद्धार तथा राहतका लागि आवश्यकतानुसार हेलिकप्टर उडान भइरहेको तथा काठमाडाँैबाट हेलिकप्टरमार्फत जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा प्रवाहलाई सुचारू गर्न जेनेरेटर र धनुषाको लागि एक हजार १०० थान त्रिपाल पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

त्यस्तै ललितपुर जिल्लाको महाँकाल गोटिखेलका २० र वाग्मती गाउँपालिकाको पिउटारका २० परिवारको लागि त्रिपाल, म्याट र कम्बल ४०÷४० थानका दरले हेलिकप्टरमार्फत पठाइएको छ । साथै सुर्खेत र इटहरीमा हेलिकप्टर तयारी हालतमा राखिएको छ ।

यसैगरी प्रदेश गोदामघर हेटौँडाबाट सिरहा, सर्लाही, रौतहट र महोत्तरी जिल्लाका लागि तीन÷तीन हजार थानका दरले १२ हजार थान त्रिपाल र चार रोल म्याटसहितको राहत सामग्री पठाइएको छ ।

इटहरीमा रहेको प्रदेश नं १ को गोदामघरबाट सप्तरीका प्रभावित परिवारलाई आश्रय प्रदान गर्न त्रिपाल वितरण गरिएको छ । घरबाट बाहिर सुरक्षित बसेकाहरुका लागि प्रदेश सरकार, स्थानीय तह र स्थानीयस्तरमा कार्यरत सङ्घसंस्थाबाट तत्कालको लागि खाद्यान्न व्यवस्थापन भइरहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्भावित महामारीलाई मध्यनजर गरी प्रभावित जिल्लाहरुमा स्वास्थ्यकर्मी तथा औषधिको व्यवस्थापन भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिहरुबाट उद्धार तथा बेपत्ताहरुको खोजीलाई तीव्रता दिइएको विज्ञप्तिमा जनाइएको छ ।

मकवानपुरस्थित इन्द्रसरोवर ९कुलेखानी जलाशय० मा सामान्यतया कात्तिक महीनासम्ममा भरी हुने पानीको सतह अहिले नै भरिइसकेको छ । साठी मेगावाट विद्युत् उत्पादन गरी दुई सेन्टिमिटरको दरले पानीको सतह घटाउँदै लैजादासमेत पानीले अधिकतम सीमा रेखा नाघ्ने अवस्था आएमा जलाशयको ढोकाहरु खोल्नुपर्ने स्थिति आउन सक्ने बताइएको छ । हाल टर्बाइनबाट भएको निकासले पानीको सतह नियन्त्रणमा नै रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement

ढोका खोल्नुपर्ने अवस्था आएमा तल्लो तटीय क्षेत्रमा जनधनको क्षति हुन नदिने गरी सुरक्षा सतर्कता अपनाइएको छ । एसएमएसमार्फत अवस्थाको पूर्वसूचना दिने व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ ।रासस

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top