काठमाडौँ, माघ १७
दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद बी सियालले दैवी विपत्ति व्यवस्थापन र जोखिम नियन्त्रणमा सार्कले सक्रियताका साथ आवश्यक काम गरिरहेको बताएका छन् ।
दक्षिण एसियाली अध्ययन केन्द्र र रणनीतिक अध्ययनका लागि पूर्व समिप र दक्षिण एसिया केन्द्रले संयुृक्त रुपमा आज यहाँ आयोजना गरेको संकट सम्बोधनसम्बन्धी दक्षिण एशियाली कार्यदलको कार्यशालामा उनले दक्षिण एसिया क्षेत्रमा शान्तिसुरक्षा प्रवद्र्धनमा सार्क क्रियाशील रहेको बताए ।
रासस