पूर्वाञ्चल विश्वविद्यालयमा विद्यार्थी संगठनको अनिश्चितकालीन तालाबन्दी

३१ असार ७६, मंगलबार
Share this
766shares

३१ असार, विराटनगर ।
अनेस्ववियु र अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले पूर्वाञ्चल विश्वविद्यालय डिन कार्यालय र पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी(पुसेट) क्याम्पसमा अनिश्चितकालिन तालाबन्दीको घोषणा गरेका छन् ।

Advertisement

क्याम्पसको इलेक्ट्रीकल संकायलाई तोकिएको मापदण्ड पुर्याई असार मसान्त सम्ममा नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता गराईसक्ने सहमति अनुसार काम गर्न असफल भएको भन्दै विद्यार्थी संगठनले मंगलबारदेखि अनिश्चितकालिन तालाबन्दीको घोषणा गरेका हुन् ।

विद्यार्थी संगठनले मंगलबार विज्ञप्ति जारी गर्दै प्रवेशपरीक्षा अगावै इलेक्ट्रीकल संकायलाई इन्जिनियरिङ परिषद्मा दर्ता गराउनुपर्ने, पू.विको विज्ञान तथा प्रविधि संकायबाट भुमिगत शैलीमा विभिन्न कलेजहरुलाई दिन लागेको मान्यता खारेज गर्नुपर्ने लगायतका मागहरु राखेका छन् ।

Advertisement

विश्वविद्यालयले आफैँले गरेको सहमति कार्यान्वयन नगर्दा पटक–पटक आन्दोलन गर्नुपरेको उनीहरुको ठहर छ । इलेक्ट्रीकल संकायलाई परिषद्मा दर्ता नराए पढेको कुनै मान्यता नहुने उनीहरुको भनाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top