×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

रानीजमरा सिँचाइ आयोजनाको पहिलो खण्ड सञ्चालनमा, १४ हजार हेक्टरमा सिँचाइ

१ श्रावण २०७६

१ साउन, काठमाडौँ ।

काठमाडौं-रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको पहिलो खण्ड निर्माण सम्पन्न भएको छ । सरकारले आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ ।

Advertisement
Advertisement

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लामो प्रतीक्षापछि आयोजनाको पहिलो खण्ड सम्पन्न भएको जानकारी दिए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, “आज म एउटा खुशीको खबर सुनाउँदै छु, सिँचाइतर्फको राष्ट्रिय गौरवको आयोजनाको पहिलो खण्ड सम्पन्न भएको छ ।”

कूल १४ हजार ३०० हेक्टर क्षेत्रमा सिँचाइ हुने गरी आजदेखि नहरमा पानी छाडिएको उनले बताए । मन्त्री पुनले भने, “उक्त क्षेत्रमा सिँचाइ गर्नका लागि मुख्य ढोकाबाटै पानी छाड्ने काम सम्पन्न भएको छ ।” सो क्षेत्रमा परम्परागत रुपमा सिँचाइ हुँदै आएको थियो । मनसुनको समयमा समेत आकाश हेरेर खेती गर्नुपर्ने सो क्षेत्रका स्थानीय किसानलाई आयोजना सम्पन्न भएपछि खुशी मात्र दिएको छैन, लामो प्रतीक्षाको फलसमेत प्राप्त भएको छ ।

सो आयोजनाको बाँकी खण्ड आगामी वर्षमा सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ । आयोजनाको मुहान चिसापानीस्थित कर्णाली पुलभन्दा १२० मिटर तल रहेको छ । आव २०७०/७१ मै आयोजनाको इन्टेक निर्माण सम्पन्न भएको थियो । इन्टेकमा जडान गर्नुपर्ने आठमध्ये तीन वटा ढोका जडान सम्पन्न भइसकेका छन् । उक्त तीन वटा ढोकाको सञ्चालन परीक्षणसमेत सम्पन्न भइसकेको छ । असार मसान्तसम्म आठ किमी मूल नहर निर्माण सम्पन्न भएको छ ।

यसै आयोजनाअन्तर्गत ‘क्यानल फल’को उपयोग गरी ४.७ मेगावाट विद्युत् उत्पादन गर्नेगरी विद्युत् गृहको निर्माण भइरहेको छ । लम्कीतर्फ चालू आवमा ५.५ किमी नहरका साथै १० वटा संरचना (साइफन, हाइवे क्रसिङ तथा ड्रेन बाइपासलगायत)को निर्माण सम्पन्न भइसकेको छ । लम्की विस्तारको कार्यबाट छ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने सरकारको लक्ष्य रहेको छ । रानी जमरा आयोजनाको लक्ष्य परम्परागतरुपमा सिँचाइ भइरहेका १४ हजार ३०० हेक्टर प्रणालीलाई स्तरोन्नति गरी कूल ३८ हजार हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पु¥याउने रहेको छ ।

त्यसैगरी सिक्टा सिँचाइ आयोजनाको भत्केको संरचना निर्माणको काम तीव्र रुपमा भइरहेको छ । सो आयोजनाको भत्केको नहरमर्मत गर्न गत वैशाख १० गतेको मन्त्रिपरिषद् बैठकले नै निर्देश गरेको थियो । “मुख्यरुपमा नहरको भत्केको दुई स्थानमा मर्मतको काम सञ्चालन भइरहेका छन् । एउटा सम्पन्न भइसकेको छ भने अर्को केही दिनमा सम्पन्न हुने क्रममा छ”, मन्त्री पुनले भने, “साउनको पहिलो साताभित्रै नहरको ३० किलोमिटर क्षेत्रमा पानी सञ्चालन गरिनेछ ।”

निर्माण व्यवसायी कालिका कन्ट्रक्सनले चित्त बुझ्दो काम नगरेको भन्दै चौतर्फी आलोचना भएपछि मन्त्रालयले छानबिन समिति नै गठन गरेर अध्ययन गरेको थियो । यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत आयोजनाको मिहीन अध्ययन गरी आयोजना प्रमुखसहित निर्माण व्यवसायीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

विगतमा चर्चा भएजस्तो आयोजना अलपत्र अवस्थामा नरहेको जिकिर गर्दै मन्त्री पुनले सो आयोजना मर्मत सम्भार हुँदै पानी सञ्चालन गर्नेतर्फ गइरहेको बताए । सोही आयोजनाको पूर्वी नहरसमेत निर्माणाधीन रहेको छ । पूर्वीखण्ड पूर्णरुपमा सञ्चालन गर्ने सरकारले यसअघि नै प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले ५०० हेक्टर जमिनलाई सिँचाइ हुने गरी मुख्य नहरबाटै पानी सञ्चालनमा ल्याइएको जानकारी दिए । “सिक्टा सिँचाइ आयोजना अब विगतकै अवस्थामा रहेन”, मन्त्री पुनले भने, “आयोजना निर्माणले प्रगति हासिल गर्दै गएको छ ।”

आयोजनाको पश्चिमी मूल नहर तीव्र रुपमा मर्मत भइरहेको छ । आयोजनाको पश्चिमी मूल नहर मर्मत गर्न तीनवटा सिलबन्दी दरभाउपत्र स्वीकृति गरी करिब ६० लाखको ठेक्का बन्दोबस्त गरिएको मन्त्रालयले जनाएको छ । गतवर्ष साउन ७ गते भत्किएको खण्डमा करीब २५ मिटर नहर ‘लाइनिङ’ को कार्य सकिएको छ । नहरको किनारामा रहेको बालुवासहितको छिद्रमा चुना मिसाइएको नदीजन्य पदार्थ (गिट्टी बालुवा)ले पुर्ने काम जारी रहेको छ । ३०० मिटरमध्ये २०० मिटरमा छिद्र पुर्ने काम सम्पन्न भइसकेको मन्त्री पुनले जानकारी दिए ।

यही असार २३ गतेदेखिको लगातारको वर्षाका कारण मुल नहरको २५ मिटर क्षेत्रमा ‘लाइनिङ’को काम हुन नसकेको आयोजनाले जनाएको छ । वर्षाकै कारण नदीजन्य पदार्थबाट छिद्र पुर्ने कामसमेत अवरुद्ध हुने पुगेको छ । दुवै काम सकिए पछि पानी सञ्चालन गर्ने तयारी आयोजनाले गरेको छ ।

-रमेश लम्साल/रासस

Advertisement

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top