काँकडभिट्टा – भारतको पानीट्यांकी भन्सार परिसर र राजमार्गमा यतिबेला नाकाबन्दीको समयमा जस्तै कन्टेनर र ट्रकहरुको लाम लागेको छ ।
पानीट्यांकीदेखि नक्सलबारीसम्म करिब चार किलोमिटर दूरीमा ४ सय हाराहारीमा मालबाहक कन्टेनर तथा ट्रक छन् । आजको कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा यो खबर छ ।
भारतीय भन्सारले गाडी पास गर्न गरेको ढिलासुस्तीले यस्तो अवस्था आएको नेपाली आयातकर्ता तथा भन्सार एजेन्टहरुको भनाइ छ ।
आयातकर्ता दिलीप तिमिसनाले भने,
ट्रक र कन्टेनरको लाम देख्दा नाकाबन्दीको झल्को आउँछ ।
यातिबेला नेपाल आउने मालबाहक ट्रक तथा कन्टेनरले सास्तीचाहीँ मज्जाले व्यहोर्नु परिरहेको छ ।