बाढीबाट प्रभावित क्षेत्रका ५०० भन्दा बढी पशुपक्षीको उद्धार

१ साउन ७६, बिहीबार

२ साउन, काठमाडौँ ।

Advertisement

बाढीबाट प्रभावित तराईका रौतहट, बारा तथा सप्तरीका ५०० भन्दा बढी जनावरलाई उपचार गरिएको छ । केही दिनदेखि आइरहेको अविरल वर्षा तथा बाढीपछि डुबानमा परेका बस्ती, बाढीमा फसेका जनावरका लागि सहायता गरिएको हो ।

पशु कल्याणकारी संस्था स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएशनले संयुुक्तरूपमा बाढी तथा डुबानमा परेका तराईका रौतहट, बारा तथा सप्तरी जिल्लाका प्रभावित पशुपक्षीका साथै जनावरलाई बाढीपछि पशुमा फैलन सक्ने महामारी नियन्त्रणका लागि आवश्यक खोप लगाइएको छ ।

Advertisement

स्नेहाज केयरका अध्यक्ष स्नेहा श्रेष्ठले प्राकृतिक विपत्तिका समयमा मानवीय सहायताका लगि पहल हुने भए पनि पशुपक्षीको लागि खासै चासो नराखिने भएकाले विभिन्न जिल्लामा पशुपक्षीको उद्धार तथा उपचार गरिएको जानकारी दिइन् ।

नेपाल भेटेरीनरी एशोसिएसनका अध्यक्ष डा शीतलकाजी श्रेष्ठले वर्षापछि प्रभावित क्षेत्रका ती जिल्लामा आपत्कालीन सहायताका लागि भेटेरीनरी औषधि, ¥याफ्टिङ डुुङ्गा (बोट) सहित आवश्यक सामग्री लिएर फिल्डमा उद्धारकार्यका लागि जुटेको बताए ।

Advertisement

हाल दुवै संस्थाको गरी १४ जनाको टोली निरन्तररूपमा तराईका जिल्लामा सहायताको लागि खटिएको कुरा स्नेहाज केयरका कार्यकारी निर्देशक कपिल काफ्लेले बताए । आगामी दिनमा अन्य बाढी प्रभावित क्षेत्रमा समेत पशुपक्षीको उद्धार गरिने जनाइएको छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top