×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-24-2026 || Nepal Times
Mar 24, 2026
Playing
America को तेल रिफाइनरीमा ठूलो वि स्फो ट, टेक्सास शहर हल्लि यो || Nepal Times
Mar 24, 2026
Playing
कुन देशले कति तेल भण्डार गरेका छन् ?|| Nepal Times
Mar 24, 2026
Playing
Iran लाई अल्टिमेटम दिएका Trump किन एकाएक वार्तामा फर्किए? || Nepal Times
Mar 24, 2026
Playing
हर्कुलस विमान ६६ जनाको काल बन्यो ,सैन्य उडान भर्ने बित्तिकै विस्फो*ट|| Nepal Times
Mar 24, 2026
Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026
Playing
Trumpले नै फेक न्युज फैलाए ? इरानी संसद अध्यक्षले गरे वार्ताको खण्डन || Nepal Times
Mar 24, 2026
Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026

नयाँ व्यवस्थापनसँगै डिडिसी नाफामा, पाँच करोड मुनाफा

२ श्रावण २०७६

२ साउन, काठमाडौँ ।

सरकारी स्वामित्वका संस्थान सेतो हात्ती भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला दुग्ध विकास संस्थान (डिडिसी) ले भने त्यो आरोपको खण्डन गर्दै आफूलाई अब्बल सावित गरेको छ ।

Advertisement

राजनीतिक नेतृत्वको सही निर्णय, प्रभावकारी व्यवस्थापन, कार्यशैलीमा सुधार र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने हो भने निरन्तर घाटामा रहेका सार्वजनिक संस्थान पनि नाफामा जान सक्छन् भन्ने यथार्थ संस्थानले प्रमाणित गरेको छ ।

अघिल्लो दुई आर्थिक वर्षदेखि नै नाफा आर्जन गरेर नेपालीको विश्वास जितेको नेपाल विद्युत् प्राधिकरणजस्तै संस्थानले पनि आर्थिक वर्ष आव २०७५/७६ को नौ महीनाको अवधिमा रु पाँच करोड ७२ लाख छ हजार ८९५ मुनाफा आर्जन गरी आफूलाई सक्षम संस्थाका रुपमा अगाडि उभ्याएको छ । संस्थानले मुनाफाको १८ प्रतिशत कर राज्यलाई तिर्दै आएको छ । कर तिरेपछि संस्थानको खुद नाफा करीब रु चार करोड ८५ लाख हुनेछ ।

कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनालको स्पष्ट मार्ग निर्देशन, संस्थानको उच्च नेतृत्वको पहलकदमी र दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुने सरकारको लक्ष्यका कारण संस्थानले आफूलाई नाफा गर्ने निकायका रुपमा स्थापित गरेको हो ।

नाफाको निरन्तरतालाई अभिवृद्धि गर्दै थप सबल संस्थाका रुपमा उभ्याउन संस्थानले अझै धेरै काम गर्नुपर्ने देखिन्छ । कृषिमन्त्री खनालकै शब्दमा ‘संस्थान सरकारी संस्था भएकाले गुणस्तरीय, सस्तो, भरपर्दो र विश्वसनीय हुनुपर्छ । ब्राण्ड र प्याकेजिङ गर्दा ध्यान दिनुहोला, बरु झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न ।’

सरकारले दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर हुन पशुचौपाया पालनमा अनुदान दिने, विदेशमा रोजगारी गरेर फर्केका युवालाई कृषिमा प्रोत्साहन गर्ने र कृषि विषय अध्ययन गरिरहेका एक हजार विद्यार्थीलाई प्रयोगात्मक परीक्षा सम्बन्धित विषयमै गर्ने कार्यक्रम अगाडि सारेको छ । सो कार्यक्रमका लागि रु ५० करोड खर्च गर्ने सरकारको लक्ष्य छ ।

संस्थानले अघिल्लो आव २०७४/०७५ मा रु चार करोड ८५ लाख ३९ हजार १९७ पैसा ३० खुद नाफा कमाएको थियो । सोही आवमा संस्थानले दूध तथा दुग्धजन्य उत्पादनको बिक्रीबाट रु तीन अर्ब ९८ करोड ३९ लाख तीन हजार ३८३ पैसा ११ आम्दानी गरेको थियो ।

लगातार घाटामा गएको संस्थानले नयाँ नेतृत्व पाएसँगै कार्यशैलीमा सुधार र गुणस्तरीय उत्पादनमा जोड दिएपछि पछिल्ला वर्षमा निरन्तर नाफामा जान थालेको संस्थानका अध्यक्ष वसन्त गिरीले जानकारी दिए । संस्थान आव २०७३/०७४ सम्म निरन्तर घाटामा थियो । ‘सरकारले धुलो दूध आयातमा प्रतिबन्ध लगाएपछि संस्थान नाफामा जान थालेको हो’, अध्यक्ष गिरीले भने । कृषि मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नेबित्तिकै मन्त्री खनालले संस्थानको भौतिक तथा वित्तीय सुधार र गुणस्तरीय उत्पादनका लागि विभिन्न नीतिगत निर्णय गरिदिएका थिए ।

विगतमा किसानले दूध बिक्री नभएर सडकमा पोख्नुपर्ने अवस्थाको अन्त्य गर्दै दूधलाई धुलोमा रुपान्तरण गर्न उहाँले संस्थानलाई पटकपटक निर्देशन दिएका थिए । ‘मिल्क होलिडे’को अन्त्य गर्दै धुलो दूध उत्पादनमा वृद्धि भएसँगै संस्थानको नाफा उकालो लागेको हो । मन्त्री खनालले धुलो दूध उत्पादन गर्ने संस्थालाई राज्यका तर्फबाट थप अनुदान दिइने व्यवस्था गरेपछि मुलुकबाटै ‘मिल्क होलिडे’ अन्त्य भएको थियो ।

पछिल्लो समय आक्रामक रुपमा बजार विस्तार गरिरहेको संस्थानले स्थानीय दूध सङ्कलन, प्रशोधित दूध बिक्री, चिज, मख्खन र धुलो दूधको उत्पादन क्रमशः वृद्धि गर्दै लगेको छ । संस्थानले आव २०७३÷०७४ मा पाँच करोड ३१ लाख ८६ हजार ४८७ लिटर स्थानीय कच्चा दूध सङ्कलन गरेको थियो । आव २०७४/०७५ मा पाँच करोड ४१ लाख २५ हजार ६४८ लिटर दूध सङ्कलन गरेको संस्थान आव २०७५÷७६ जेठ मसान्तसम्म चार करोड ६८ लाख १४ हजार ७७७ लिटर स्थानीय कच्चा दूध सङ्कलन गर्न सफल भएको छ ।

संस्थानले प्रशोधित दूधको बिक्री पनि वृद्धि गर्दै लगेको छ । आव २०७३/०७४ मा संस्थानले चार करोड ८४ लाख ६१ लाख ११२ लिटर प्रशोधित दूध बिक्री गरेको थियो । त्यसैगरी संस्थानले आव २०७४/०७५ मा चार करोड ४३ लाख ९३ हजार १२४ लिटर र आव २०७५/७६ जेठ मसान्तसम्म तीन करोड ६६ लाख ९० हजार ६३२ लिटर प्रशोधित दूध बजारमा बिक्री गरेको थियो ।

यसैगरी संस्थानले आव २०७३/०७४ मा दुई लाख ३१ हजार ६६१ किलो चिज उत्पादन गरेको थियो । आव २०७४/०७५ मा चिज उत्पादन केही घटेको छ । सो आवमा एक लाख ९४ हजार ७२० किलो चिज उत्पादन गरिएको संस्थानले जनाएको छ । आव २०७५/०७६ जेठ मसान्तसम्म संस्थानले एक लाख ८५ हजार ६२६ किलो चिज उत्पादन गरेको छ ।

संस्थानले उच्च हिमाली भेगका चौरीपालकबाट उत्पादित दूधको व्यावसायिक विकास गरी विभिन्न जिल्लामा याक चिज उत्पादन केन्द्र सञ्चालनमा ल्याएको छ । रसुवाको लाङटाङमा चिज उत्पादन केन्द्र सञ्चालनमा ल्याएर दुग्धजन्य व्यवसायमा प्रवेश गरेको संस्थानसँग रामेछापको थोदुङ्ग र सोलुखुम्बुको पिकेलगायत १० स्थानमा याक चिज उत्पादन केन्द्र रहेको छ ।

त्यसैगरी संस्थानले मख्खन र धुलो दूधको उत्पादन पनि क्रमशः बढाउँदै लगेको छ । आव २०७३/०७४ मा पाँच लाख २६ हजार ५८९ किलो मख्खन र चार लाख ६२ हजार १६६ किलो धुलो दूध उत्पादन भएको थियो । आव २०७४/०७५ मा सात लाख ७४ हजार ९३ किलो मख्खन र सात लाख ९९ हजार ११३ किलो धुलो दूध उत्पादन गरेको संस्थानले आव २०७५/०७६ जेठ मसान्तसम्म सात लाख ६७ हजार ८२४ किलो मख्खन र सोही अवधिमा नौ लाख सात हजार ९६३ किलो धुलो दूध उत्पादन गरेको थियो ।

दूध उत्पादनमा अभिवृद्धि तथा प्रतिस्पर्धी बजारीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको संस्थानले जनाएको छ । संस्थानले बहुराष्ट्रिय कम्पनीका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने उद्देश्यले बुटवलमा ‘युएचटी प्लान्ट’ स्थापना गर्ने तयारी गरेको छ ।

गुणस्तरीय उत्पादनको बढ्दो माग र संस्थानको व्यावसायिक कारोबार बढाउने उद्देश्यले ललितपुरको खुमलटार र कास्कीको पोखरामा ‘मिल्क प्रोडक्ट’ कारखानाको स्थापना, धनगढी तथा नेपालगन्जमा मौजुदा कारखानाको क्षमता विस्तार, लुम्बिनी दुग्ध वितरण आयोजनाको ढुवानी÷भण्डारण तथा चिस्यान केन्द्रको क्षमता विस्तारमा संस्थान केन्द्रित भएको छ ।

कूल ४६ जिल्लाका एक हजार २०० दुग्ध उत्पादक सहकारी संस्थामार्फत करिब दुई लाख किसानको संलग्नतामा स्थानीय दूध सङ्कलन गर्दै आएको संस्थानले दुग्ध उद्योगको विकास, कच्चा दूधको खरीद तथा प्रशोधित दूध तथा दूग्ध पदार्थको बजार बिक्री मूल्य उचित र स्थिर राख्दै नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । दूग्धजन्य उत्पादनको व्यवसायमा अत्यधिक हिस्सा ओगट्न सफल संस्थानले दैनिक दुई लाख लिटर दूध खरीद गरी प्रतिदिन करीब एक करोड ग्रामीण क्षेत्रमा प्रवाह गर्दै आएको छ ।

उत्पादनमा विविधीकरण गर्दै आएको संस्थानले युवा पुस्ताको मन जित्न हालै मात्र चकलेट स्वाद भएको २०० एमएलको ‘फ्रेस मिल्क’ बजारमा ल्याएको छ ।

Advertisement

–रमेश लम्साल/अशोक घिमिरे(रासस)

भर्खरको समाचार

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

सम्बन्धित खबरहरु

Scroll to Top