सचिवहरुलाई तालिमको ब्यवस्था गर्न जनार्दन शर्माको प्रस्ताव

१ साउन ७६, बिहीबार

२ साउन, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले सचिवहरुलाई समेत हरेक वर्ष तालिमको व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । पूर्वगृहमन्त्री समेत रहेका शर्माले हरेक आर्थिक वर्षको पहिलो साता सचिवसहितका सबै कर्मचारीलाई अनिवार्य तालिमको व्यवस्था गनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले नयाँ संविधानबारे कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण अहिले कानुन निर्माणका कठिनाई भईरहेकोतर्फ पनि सचेत गराए ।

उनले कर्मचारी तथा संस्थाहरुको पनि क्षमता अभिवृद्धिका लागि हरेक आर्थिक वर्षको पहिलो साता अनिवार्य तालिमको व्यवस्था गर्नुपर्ने स्पष्ट पारे । नेता शर्माले कर्मचारीहरुलाई नयाँ संविधानको स्पिरिटका विषयमा पनि तालिम दिन जरुरी रहेको बताए । लोकतन्त्र, संघीयता र समावेशी सिद्धान्तका बारेमा कर्मचारीहरुलाई आवश्यक तालिम नदिएका कारण त्यसले अहिले आएर विवाद सृजना गरिरहेको नेता शर्माको बुझाई छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

रास्वपा महाधिवेशनको निष्कर्षः रवि झन शक्तिशाली, पार्टी ?

730732303_4445183819104388_7343949058751405664_n

नेपाली कृषिको तितो यथार्थः खेत बाँझो, युवा खाडीमा, चामल विदेशबाट

734178487_4411518265786836_7881587848052361177_n

अल्टिमा लाइफस्टाइलको ९औँ आउटलेट जनकपुरमा,९९ रुपैयाँमा इयरबड्स

55579c71-86b1-4ea7-8f9e-222455dc8eac

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

सम्बन्धित समाचार

Scroll to Top