व्यवसाय करमा अचाक्ली वृद्धि : महानगरविरुद्ध आन्दोलनको तयारी

विराटनगर : करको दर बढेको बेला चासो नलिएका विराटनगरका व्यवसायीहरु कर अचाक्ली वृद्धि भएको थाहा पाएपछि नतिरी बसेका छन् । साविकमा महानगरपालिकालाई तिर्दै आएको करको दरमा हजार प्रतिशतसम्म बृद्धि भएपछि तिर्ने कि नतिर्ने द्धिविधामा उनीहरुले भर्खर सकिएको आर्थिक वर्ष २०७५÷०७६ गुजारेका छन् । आर्थिक वर्षको अन्तिममा कर तिर्ने व्यवसायीहरको प्रवृत्तिका कारण धेरैले आफुले तिर्दै आएको व्यवसायको करको दर अचाक्ली वृद्धि भएको पत्तो पाएका हुन् ।

Advertisement

असारको अन्तिम महिना पारेर छापाखानाको कर तिर्न गएका विराटनगर– ९ का दीपक खड्का करको दर सुन्नासाथ चकित भए । उनका अनुसार महानगरले साविकमा एक हजार कर लिँदै आएकोमा अहिले वृद्धि गरी पाँच हजार बनाएको छ । उनको छापाखाना व्यवसाय भने ६ वर्षदेखि बन्द छ । वर्षेनी एक हजार तिरेर फर्म चाहिँ जीवित राखेका उनी करको दर पाँच सय प्रतिशतले वृद्धि भएपछि बन्द गर्ने निर्णयमा पुगेका छन् ।

करवृद्धिकै कारण व्यवसायीले व्यवसाय बन्द गर्ने खतरा रहेको विराट व्यापार संघका अध्यक्ष सुजन थापा बताउँछन् । उनले साना तथा मझौला व्यवसायीको हितका लागि विराट व्यापार संघ जस्तोसुकै भुमिका निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै पहिलो चरणमा सम्वादबाट निकास निकाल्ने प्रयास रहेको बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top