×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

वार्षिक ८ करोडको पोते आयात, साउन महिनामा हरियो रङको माग

३ श्रावण २०७६

३ साउन, काठमाडौँ ।

नेपाली महिलाहरुले गहनाको रुपमा लिने पोते नेपालमा वार्षिक ८ करोडको हाराहारीमा भित्रने गरेको छ । देशभर बिक्री हुने पोतेको निर्यात काठमाडौँको इन्द्रचोकबाट हुने गरेको हो ।

Advertisement
Advertisement

इन्द्रचोकमा रहेको फिरोज स्टोर विदेशबाट पोते आयात गर्ने एक मात्र कम्पनी हो । जसले विभिन्न डिलर मार्फत देशभर पोते पठाउने गरेको छ । जापान, चेकस्लोभाकिया र चीनबाट नेपालमा पोतेको आयत हुने गर्छ । जापानको पोते अन्य देशको तुलानामा महंगो र राम्रो मानिन्छ ।

यस्तै चेकस्लोभाकियाबाट आयत हुने पोते मध्यस्तरको हुने र चीनबाट आयत हुने सामान्य खालको हुने गरेको व्यवसायीहरु बताउँछन् । केही समय अघि भारतबाट पनि नेपालमा पोते आयत हुन्थ्यो । तर त्यहाँबाट आउने पोतेको गुणस्तर राम्रो नभएकाले अहिले आउँदैन–ईन्द्रचोकमा १० बर्ष देखी पोतेको व्यवसाय गर्दै आएका आयुप हुसनले बताए ।

इन्द्रचोकमा पोतेको ठूलो बजार
काठमाडौँको मुटुको रुपमा चिनिने इन्द्रचोकमा पोतेको ठूलो बजार छ । नयाँ नयाँ डिजाइनका पोते छानीछानी किन्नका लागि धेरै महिनाहरु इन्द्रचोक पुग्ने गर्छन् । हिन्दु र बौद्ध धर्माबलम्बीहरुले पोतेलाई गहनाका रुपमा लिन्छन्, तर इन्द्रचोकमा पोतेको ब्यापार गर्नेहरुमा चाँही मुस्लिम समुदायको बाहुल्यता देखिन्छ ।

कुन सिजनमा कारोबार बढी ?
पोतेको कारोबार हरितालिका तीज, साउन र विवाहका लगन भएको महिनामा बढी हुने गरेको छ । इन्द्रचोकमा लामो समय पोतेको ब्यवसाय गर्दै आएका हुसन भन्छन्–‘तीजको समयमा एकै दिनमा १ लाखसम्मको ब्यापार हुन्छ ।’ अरु बेला सामान्य ब्यापार हुन्छ, तीजको ब्यापारले वर्षभरी कभर गर्छ–उनले भने ।

तीज र लगनको समयमा सबै रङका पोतेहरु बिक्री हुन्छ भने साउन महिनामा हरियो र पहेलो रङका पोते बिक्री हुने उनले बताए । साउन महिना शुरु भएको छ, तीज पर्व पनि नजिकिँदै छ । तर, विगतका वर्षमा पोते किन्न आउनेको भीड हुन्थ्यो, तर यो वर्ष अहिलेसम्म ग्राहकको चाप खासै नरहेको हुसन बताउँछन् ।

पोतेः आयात विदेशबाट, डिजाइन नेपालमै
पोते नेपालमा बन्दैन, विदेशबाट आयात हुने पोतेलाई डिजाइन बनाउने, रंगहरु सम्मिश्रण गर्ने, धागोमा उन्ने कामहरु भने नेपालमै गरिन्छ । दिनहुँ लगाईने पोतेको मूल्य१० रुपैयाँदेखी डेढ सयको हाराहारीमा पर्छ । सुन जस्ता बहुमुल्य सामानमा प्रयोग गर्ने पोतेहरुको मुल्य ३०० सय देखि ७ हजारसम्म पर्छ । सस्तोको नभएपनि महङ्गा पोतेको भने ग्यारेन्टी पनि हुने व्यवसायीहरु बताउँछन् ।

Advertisement

नेपाली समाजमा के छ पोतेको महत्व ?
पोतेको नेपाली समाजमा आफ्नै महत्व छ । विवाहको दिन युवतीले पोते पहिरिएपछी नछुट्टाई लगाउनु पर्छ भन्ने मान्यता छ । महिलाहरुले पोते लगाउँदा श्रीमान्को आयु लामो हुन्छ भन्ने विश्वास । हिन्दु महिनाहरुले विवाहपछि घाँटीमा पोते लगाउँछन् । अन्य कपडा र श्रृंगारमा सामाग्रीमा समेत पोतेको प्रयोग गर्ने क्रम बढेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top