कडा खालको रोगीको संख्यामा वृद्धि

१८ माघ ७४, बिहीबार
Share this
748shares

भद्रपुर, माघ १८
झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०÷७१ मा मिर्गाैला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१÷७२ मा मुटु रोगी १२० जना, मिर्गाैला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखाका कर्मचारी तोया दाहालले जानकारी दिए ।

उनका अनुसार यस्तै कडा खालका रोग लागेका आव २०७२÷७३ मा मुटु रोगी १४३ जना, मिर्गाैला रोगी ७२ जना र अर्बुद रोगी २५५ जना देखिएकामा आव २०७३÷७४ मा मुटु रोगी २१३ जना, मिर्गाैला रोगी १५७ जना, अर्बुद रोगी ३५९ जना दिमागी रोग भएको एक जना र पार्किङशन रोगी एक जनासहितले यस कार्यालयबाट रोगी भएको सिफारिश लिएको बताइएको छ ।

Advertisement

तुलनात्मकरुपमा हेर्दा अर्बुद रोगी क्रमशः १८३, २३३, २५५ र गएको आवमा ३५९ जना भई यो रोगीको संख्या बढ्दै गएको पाइएको छ भने मिर्गाैला र मुटु रोगी पनि क्रमशः बढ्दै गएकाले यो अवस्था झापाका लागि भयावह रहेको हो ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top