भ्रष्टाचार मुद्दा लागेका त्रिविका पूर्व कर्मचारीले गरे आत्महत्या

३ साउन,काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका छन्। कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका पाण्डेले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

Advertisement

पाण्डेले त्रिपुरेश्वरस्थित भाटभटेनीको अघि रहेको राधा भवनको पाँचौ तल्लाबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सोही भवनको छैटौं तल्लामा रहेको एक ल फार्ममा परामर्शका लागि गएका पाण्डे फर्कने क्रममा हाम फालेका हुन्।

महानगरी प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार पाण्डे पछिल्लो समय पारिवारिक तनावमा रहेको र वकिलसँगको परामर्शको क्रममा पनि तनावमै रहेको अनुसन्धानबाट पत्ता लागेको छ।

Advertisement

उत्तरपुस्तिका परीक्षण अनियमितता गरेर आफन्त र चिनजानका मान्छेलाई मात्र उत्तीर्ण गराएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई साताअघि पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

उनले पाँच वर्षअघि त्रिवि सेवाबाट अवकास पाएका थिए।पछिल्लो समय उनी कार्यालय सहायक र मुख्य कार्यालय सहायकमा परीक्षा दिएका परीक्षार्थीको उत्तरपुस्तिका परीक्षण गर्न विज्ञको रुपमा भर्ना भएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top