टी–२० विश्वकपका लागि एसिया छनोट खेल्न नेपाली टिम सिंगापुर जाँदै

साउन ४ । एजेन्सी ।
अर्को वर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्वकपका लागि एसिया छनोट खेल्न नेपाली टिम शनिबार सिंगापुर जाँदैछ ।

जुलाई २२ तारिख देखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टिम मलेसियाबाट सिंगापुर जान लागेको हो । मलेसियामा अभ्यासका लागि केही समय पहिला नेपालबाट गएको टिमले त्यहाँ दुई ओटा टी–२० क्रिकेट पनि खेलेको थियो । जसमा सिरिज नै नेपालले क्लिन स्विप गर्न सफल भयो ।

मलेसिया र सिंगापुरको मौसम उस्ताउस्तै हुने भएकाले नेपालले त्यहाँ अभ्यासका लागि ठाउँ रोजेको हो । नेपालले मलेसियामा अभ्यास पूरा गरेकाले अबको ध्यान सिंगापुरमा हुने छनोट प्रतियोगितामा केन्द्रित हुने नेपाली टिमका प्रशिक्षक उमेश पट्वालले बताएका छन् ।

Advertisement

यसैगरी कप्तान पारस खड्काले विश्वकप छनोट खेल्ने टिममा नेपालको वरीयता उच्च रहेकाले सबै खेल जित्दै शीर्ष स्थानमा रहनका लागि मेहनत गरिरहेको बताए ।

छनोट खेलमा नेपालसहित कतार, मलेसिया, कुवेत र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

नेपालले पहिलो खेलमा जुलाई २३ तारिखमा कतारसँग प्रतिस्पर्धा गर्ने छ भने २४ तारिखमा मलेसियासँग खेल्नेछ । २७ तारिखमा कुवेत र २८ तारिखमा घरेलु टोली सिंगापुरसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top