सिरहाको सप्तऋषि अस्पतालमा सेवा विस्तार

३ साउन ७६, शनिबार

४ साउन, सिरहा ।
सिरहाको लहानमा रहेको सप्तऋषि अस्पतालले नयाँ आर्थिक वर्षसँगै सेवा विस्तार गर्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुभाष साहले पत्रकार समेलन गरी अस्पतालले इमर्जेन्सी, प्रसुती ,अप्रेशन,फार्मेसी,ल्याबोरेटरी,भिडियो एक्सरे,फिजियोथेरापी , डिजिटल एक्सरे ,आउट पेटेन्ट एण्ड इन पेटेन्ट , क्याविन सेवा सुविधा संगै यस आर्थिक वर्ष देखि एनआइसीयु,हाइ केयर युनिट,सिटि स्क्यान,पेयिंग वार्ड, एच ए , सिएम ए र नर्सिङ्गको ट्रेनिंग ,इन्टर शिप जव, सीएमइ संगै वर्कशप लगायतका सेवा सुविधाहरु सुचारु गरेको जानकारी दिएका हुन् ।

Advertisement

सप्तऋषि अस्पतालका संचालक डाक्टर पशुपति चौधरीले अस्पतालले आउने दिनहरुमा विरामीहरुलाई मध्यनजर गर्दै सेवामुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ ,प्रत्येक बुधबार ओपिडी सेवामा ५० प्रतिशत छुट,र प्रत्येक शनिवार १४ वर्ष सम्मका विद्यार्थीहरु लाई ओपिडी सेवामा ५० प्रतिशत छुट दिने जानकारी दिए । यस्तै अस्पतालले प्रत्येक महिनाको अन्तिम बुधबार निस्शुल्क स्वास्थ्य शिविर र प्रत्येक शुक्रबार मधुमेह र थाईराइड ,चेकजाँचमा ५० प्रतिशत छुट गरिने र प्रत्येक मंगलबार फिजियोथेरापी सेवामा ५० प्रतिशत छुट दिइने निर्देशक डाक्टर चौधरीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top