‘मुनामदन’ नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान

३ साउन ७६, शनिबार

४ साउन, विराटनगर ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा सबैभन्दा चर्चित खण्डकाव्य मुनामदन कृतिमा आधारित नाटक लिएर विराटनगरका कलाकार पोखरा प्रस्थान गरेका छन् । विराट आदर्श साहित्यिक मञ्चका अध्यक्ष एवं युवासाहित्यकार कट्वाल दीपकको नेतृत्वमा १५ सदस्यीय कलाकारको टोली शनिबार पोखरा प्रस्थान गरेको हो ।

Advertisement

यही साउन १० देखि १८ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा मुनामदन नाटक मञ्चन हुनेछ । कट्वाल दीपकको नाट्य रुपान्तरण गरेको नाटकको निर्देशन सविन कट्टेलले गरेका छन् ।

Advertisement

कवि एवं पत्रकार मीनकुमार नवोदित प्रमुख सल्लाहकार रहेको नाटकमा सरु कटवाल (मुना), लकेश दंगाल (मदन), अनु श्रेष्ठ (दिदी), निराशा ढुंगेल (आमा), मिलन चाम्लिङ (भोटे), सन्देश बाराकोटी (माने), नवराज गिरी (भोटेको छोरा), एन्जल बस्नेत (भोटेको छोरी), नुना कट्टेल (बहिनी), आशुतोष कोइराला (गगन) र नवराज नेपाल (कान्छा)को भूमिकामा देखिनेछन् । विवेक आचार्य र नगेन्द्र खड्काले व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछन् ।

यसअघि मुनामदन नाटक विराटनगरस्थित आरोहण गुरुकुलमा दुईपटक, काठमाडौंको शिल्पी थिएटर र मोरङको विराट चोकसमेत भव्य रुपमा मञ्चन भइसकेको छ । पोखरा जानुअघि नै १० वटा शो बुकिङ भइसकेको मञ्चका अध्यक्षसमेत रहेका दीपकले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top