मलेसियामाथि नेपालको सानदार जित, ज्ञानेन्द्रको अर्धशतक

८ साउन, काठमाडौँ ।
आईसीसी टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले मलेसियामाथि सानदार जित हात पारेको छ । कार्यवाहक कप्तान ज्ञानेन्द्र मल्लको विष्फोटक ब्याटिङसँगै नेपालले बुधबार मलेसियालाई ७ विकेटले पराजित गरेको हो । जितसँगैै नेपालले अघिल्लो चरणको सम्भावना कायमै राखेको छ ।

वर्षाका कारण ९ ओभरमा छोट्याइएको खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । नेपालको सहज जितमा कार्यवाहक कप्तान ज्ञानेन्द्रले ५१ रनको विष्फोटक कीर्तिमनी इनिङ खेले । मल्लले २० बलमा अर्ध शतक पुरा गर्दै कीर्तिमान रचेका हुन् । मल्ल टी ट्वान्टी आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक पुरा गर्ने खेलाडी बनेका छन् । उनले गत साता विनोद भण्डारीले मलेसियासँगको दोस्रो खेलमा २५ बलमा बनाएको अर्ध शतकको रेकर्ड तोडेका हुन् ।

छैटौं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै कीर्तिमान अर्ध शतक पुरा गरेका मल्ल अर्को बलमा क्याच आउट हुन पुगे । मल्लले २१ बलमा ५ चौका र ३ छक्का सहित ५१ रनको महत्वपूर्ण इनिङ खेले । मल्लको टी ट्वान्टी आईमा यो पहिलो अर्ध शतक हो । नेपालबाट टी ट्वान्टी आईमा अर्ध शतक पुरा गर्ने मल्ल पाँचौ ब्याट्सम्यायन हुन् ।

त्यस्तै प्रदीप ऐरी १२ रनमा आउट भए । विनोद भण्डारी अविजित १३ र दिपेन्द्र सिंह ऐरीले २ रन जोडे । मलेसियाका लागि मुहम्मद सहदायतले २ विकेट लिए ।
त्यस अघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाउँदै ८३ रन बनाएको थियो । मलेसयाका लागि सैयज अजीजले सर्वाधिक ३० रन बनाए । चौथो ओभरको तेस्रो बलमा सन्दीप लामिछानेले दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराउनु अघि अजिजले १५ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै विरनदीपसिंहले २१ रन जोडे । सिंहलाई वसन्त रेग्मीले आठौं ओभरको पाँचौ बलमा सन्दीपबाट क्याच गराउनु अघि १७ बलमा समान १ चौका र छक्का प्रहार गरे । लगत्तै अर्को बलमा वसन्तले अहमद फैजलाई ९ रनमा क्याच आउट गराए ।

नेपाललाई तीब्र गतिका बलर सोमपाल कामीले सुरुवाती पहिलो ओभरमा दुई सफलता दिलाएका थिए । सोमपालले पहिलो बलमै ओपनर अनवार अरुद्धीनलाई अभिनाष बोहोराबाट शुन्यमा पेभिलिएन फर्काए । त्यस्तै ओभरको अन्तिम बलमा सफिक शरार्फलाई पनि शुन्यमा एलबी डब्लू आउट गरे । तेस्रो ओभरको सुरुवाती तीन बलमा लगातार चौका खर्चिएका सोमपालले अन्तिम बलमा अमीनीद्दीन रमलीलाई ५ रनमा बोल्ड आउट गरे । पाँचौ ओभरको पाँचौ बलमा करण केसीले कप्तान ज्ञानेन्द्र मल्लबाट मोहम्मद शहदातलाई १ रनमा क्याच आउट गराए ।

नेपालका लागि सोमपाल कामीले २ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै बसन्त रेग्मीले १ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । सन्दीप लामिछाने र करण केसीको नाममा समान १ विकेट रह्यो ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top