खेतीका लागि वर्षौँदेखि ज्यान जोखिममा पार्दै मोरङका किसान

८ साउन, विराटनगर ।
बर्षातको समयमा खोलामा पानीको सतह बढेपनि खोलामा पुल नहुँदा मोरङ कटहरीका किसान ज्यान जोखिममा राखेर स्थानीय लोहन्द्रा खोला तर्दै आएका छन् । खोलाको पारिपट्टि खेती रहेका कारण उनीहरु जोखिम मोलेरै खोला तर्दै आएका हुन् ।

मोरङको कटहरी ४ फुलटोल मदुराका किसानहरुले दैनिक २ चार पटक स्थानिय लोहन्द्रा खोला नतरी सुखै छैन । उनिहरुको कटहरी–४ मा बसोबास रहेपनि खोलाको पारिपट्टि जहदा–४ मा खेतीपाती रहेका कारण खेतको रेखदेख र गोडमेल गर्न तथा उत्पादन भएका अन्नबाली र सागसब्जी टिप्न जानैपर्ने बाध्यता छ । यतिखेर खोलामा बाढी आएको अवस्था भएपनि उनिहरु दैनिक जोखिम मोलेर खोला तर्दै आएका छन । के युवा, के बृद्ध के महिला सबैजना ज्यान जोखिममा राखेर खोला तर्दै आएका छन ।

कटहरी–४ को फुलटोल मदुरामा बसोबास गर्ने १ सय ३ किसान परिवारमध्ये अधिकांश परिवारको लोहन्द्रा खोलाको पारिपट्टि खेती छ । पारिपट्टि रहेको खेतमा अधिकांश परिवारले तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीमा दैनिक गोडमेल र मलजल गर्नुपर्ने भएका कारण उनिहरु दैनिक ज्यान जोखिममा राखेर खोला तर्नुपरेको छ । ज्यान जोखिममा राखेर तरकारी टिप्न जाने क्रममै असार २८ गते स्थानिय सोभा सोरेन खोलामा डुबेर बेपत्ता भएको स्थानीय किसान आनन्दी सिंहले बताइन् ।

कटहरी–४ मा किसान परिवारको बाक्लो बसोबास रहेपनि नजिकै पुल नरहेका कारण उनिहरुले जोखिम मोल्नुपरेको हो । सो खोलामा गाँउभन्दा ५ किलोमिटर दक्षिण रामचोकमा र १२ किलोमिटर उत्तर लक्ष्मीनियामा पुल रहेका कारण पुलको बाटो प्रयोग गर्न घन्टौ समय लाग्ने भएपछि किसानहरुले जोखिम मोलेर खोला तर्दै आएका छन् । जनप्रतिनिधि र सम्बन्धित निकायमा पटकपटक पुलको मागगर्न गएपनि पुल बन्न नसकेका कारण आफुहरुको ज्यान जोखिमा रहेको स्थानीय चन्द्रकला देवी सिंहको भनाई छ ।

पुल नभएका कारण बर्षातको ३ महिनाको समय फुलटोलका बासिन्दाकालागि अत्यन्त जोखिमपूर्ण रहने गरेको छ । यो उनिहरुले बर्षौदेखि भोग्दै आएको समस्या हो । गाँउका किसानहरुको समस्या समाधानगर्न सो ठांउमा झोलुङ्गे पुल निर्माण गर्ने प्रयास भइरहेको स्थानीय युवा अभियन्ता बिनोद सिंहले जानकारी दिए ।

तरकारीको पकेट क्षेत्रकोरुपमा रहेको सो क्षेत्रको १ सय ५० हेक्टर बढी क्षेत्रफलमा तरकारी खेती हुंदै आएको छ । विराटनगरमा आपुर्ति हुने ९० प्रतिशत सागसब्जी सोहीक्षेत्रबाट आउने गरेको तथ्याङ छ ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top