शिक्षाका लागि खाद्य कार्यक्रमको प्रभावकारिता

१८ माघ ७४, शुक्रबार

ललितपुर, माघ १९
कमजोर आर्थिक अवस्थाका कारण विद्यालयको शुल्क तिर्न र खाजा खान नसक्ने अवस्थाका बालबालिकालाई लक्षित गरी सञ्चालन गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम निकै प्रभावकारी रहेकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

विश्व खाद्य कार्यक्रम र शिक्षा मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालन गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक विद्यार्थीले दैनिक ९० ग्राम पिठो, १० ग्राम तेल, १० ग्राम चिनी र एक सय १० ग्राम पौष्टिक आहार पाउने गर्छन् ।

आगामी दिनमा कार्यक्रमको सञ्चालन र प्रभावकारिताका बारेमा छलफल गर्न सरोकारवालाबीच आज यहाँ आयोजित छलफलमा सहभागीले कार्यक्रमबाट विद्यालयमा विद्यार्थी भर्ना दरमा वृद्धि, बीचमै विद्यालय छाड्ने क्रममा कमी, कुपोषणको अवस्थाका सुधार देखिएकाले बालबालिकालाई पोषणयुक्त खाद्यान्नको सुनिश्चित गराउन आवश्यक रहेको बताए ।

Advertisement

सो अवसरमा शिक्षा मन्त्रालयका सहसचिव बैकुण्ड अर्यालले विपन्न समुदायका विद्यार्थीहरुलाई लक्षित गरी शुरु गरिएको विद्यालय खाजा कार्यक्रम प्रभावकारी रहेकाले आगामी दिनमा स्थानीय निकायमार्फत यसलाई व्यवस्थितरुपमा सञ्चालन गरिने बताए ।

शिक्षाका लागि खाद्य परियोजनाका उपनिर्देशक विष्णु भण्डारीले कार्यक्रमले विद्यार्थीको शिक्षाको स्तर र सरसफाइमा सुधार ल्याउनुको साथै अभिभावकमा पनि चेतनाको विकास भएको उल्लेख गरे ।

विश्व खाद्य कार्यक्रमको शिक्षा प्रमुख ममता गुरुङले कार्यक्रमको विगतको अनुभवका आधारमा आगामी दिनमा कसरी यसलाई व्यवस्थित रुपमा सञ्चालन गर्न दीर्घकालीन रणनीति तयार गर्न लागिएको बताईन् ।

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालयअन्तर्गत डोटी, अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, दैलेख, जाजरकोट र रुकुममा शिक्षाका लागि खाद्य परियोजना सञ्चालनमा छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top