विकासका लागि प्रविधि आवश्यक–मन्त्री बस्नेत

१९ माघ ७४, शुक्रबार
Share this
746shares

काठमाडौँ, माघ १९
सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता औँल्याएका छन् ।

Advertisement

इञ्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस)द्वारा आज यहाँ आयोजित ‘१५ औँ राष्ट्रिय प्राविधिक महोत्सव’ को उद्घाटन गर्दै उनले भने “मुलुकमा प्रविधिको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ ।”

मन्त्री बस्नेतले तीन वर्षभित्रमा प्रत्येक जिल्लामा निःशुल्क कम्युटर शिक्षा पुर्याउने सरकारको योजनाअनुसार अहिले विभिन्न १४ जिल्लामा त्यसको तयारी भइरहेको जानकारी दिदैं काठमाडौँको पशुपति र स्वयाम्भूलगायतका क्षेत्रलाई सरकारले वाइफाई फ्रि क्षेत्रको रूपमा अगाडि बढाएको जानकारी दिए ।

Advertisement

“नेपालकै स्रोत साधन प्रयोग गरेर स्वदेशमै रोजगारीको सिर्जना गरी विदेश पलायन भएका युवालाई समेत मुलुकभित्र रोजगारीको सिर्जना गर्नुपर्छ”–उनले भने ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री बस्नेतले मुलुकमा संविधान निर्माण भइरहेको सन्दर्भमा त्यसको कार्यान्वयनसँगै देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

Advertisement

तीन दिनसम्म चल्ने सो महोत्सवमा इञ्जिनियरिङ र प्रविधिसँग सम्बन्धित करिब १५० स्टल राखिएको महोत्सवका संयोजक प्रसिद्ध कार्कीले जानकारी दिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top