आज पनि देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ साउन, विराटनगर ।
केही दिनदेखि देशभर सामान्यतया बदली भई देशका पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा भइरहेको छ । वर्षाका कारण आएको बाढी–पहिरोले विभिन्न ठाउँमा सयौं जनाले ज्यान गुमाएका छन् भने विस्थापित हुनेको संख्या बढ्दो छ।

बिहीबार पनि र देशभर सामान्य बदली रही केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिम तराई र पूर्वका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

राति पनि देशभरको मौसम सामान्यतया बदली भई केही स्थानमा वर्षा हुने देखिएको छ।पश्चिम तराईका एक दुई स्थानमा भारी वर्षाको संभावना रहेकाले नदी वरपर, नहर छेउछाउ बसोबास गर्ने नागरिकलाई सचेत रहन आग्रह गरिएको छ।

Advertisement

लगातार वर्षापछि अब भने विस्तारै मनसुनी गतिविधि सक्रिय हुने क्रम कम हुँदै जाने महाशाखाले जनाएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भागभन्दा दक्षिणतिर सर्ने भएकाले मनसुन गतिविधि कमजोर हुने भएपछि वर्षा पनि कम हुने भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top