कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने माग

१० साउन, काठमाडौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । कांग्रेस सांसद कँडेलले कार्यालय समयमा मदिरा सेवन गर्ने कर्मचारीलाई फेरी सरकारी सेवामा प्रवेश गर्न अयोग्य हुने गरी बर्खास्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

शुक्रबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सर्तको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले कर्मचारीहरुलाई कार्यालय समयमा मदिरा सेवन गर्न निषेध नै गर्न उपयुक्त हुने तर्क समेत गरे । सेवाग्राहीलाई सेवा दिन बसेको कर्मचारीले मदिरा सेवन गरेर कार्यालयमा काम गर्न नसक्ने हुनाले उसलाई सो सेवाबाटै हटाउने कानुनी व्यवस्था गर्नुपर्ने उनको माग छ ।

यता, सत्तारुढ नेकपाका सांसद नवराज सिलवालले भने मदिरा सेवन गर्ने कर्मचारीलाई पदबाटै बर्खास्त गर्नुपर्ने काँग्रेस सांसद कँडेलको मागप्रति असहमति जनाए । उनले परिस्थितिलाई हेरेर त्यस्ता कर्मचारीहरुलाई पनि सुधार गर्ने अवसर सहितको कानुनी व्यवस्था गर्न उपयुक्त हुने धारणा राखे ।

Advertisement

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले दण्डित गर्नुपर्ने कर्मचारीलाई कार्वाही नगर्ने पदाधिकारीलाई पनि कार्वाही हुने गरी कानुनी व्यवस्था गर्न सरकार तयार रहेको बताए । दण्डित गर्नुपर्ने कर्मचारीलाई दण्डित नगर्ने पदाधिकारीलाई पनि कार्वाही गरेर मात्रै कर्मचारी प्रशासनलाई सुधार गरेर लैजान सकिने मन्त्री पण्डितको तर्क छ । मन्त्री पण्डितले गल्ती गर्ने कर्मचारीलाई सरकारले आवश्यक सजायको व्यवस्था गर्ने पनि बताए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top