एकै कार्यक्रममा प्रधानमन्त्रीले सुनाए आधा दर्जन कथा

११ साउन, काठमाडौँ ।
सामान्यतया वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक सोचका धनी हुन् । शब्द चयन, विषय, प्रसंग र समय सापेक्ष उखान टुक्का मिलाएर भाषणा दिन सक्ने व्यक्तिका रुपमा पनि उनी परिचित छन् । यसका अलावा कार्यक्रममा ढिला आउने र लामो भाषण गर्ने कला पनि उनीसँग छ । शनिबार यस्तै भयो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आकस्मिक तथा वहिरंग सेवा संञ्चालन गरिने नयाँ भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो नभएको जानकारी गराईए पनि उनले झण्डै ४५ मिनेट भाषण गरे । उनको भाषणमा गंगालाल अस्पतालको स्थापना देखि पौराणिक, ऐतिहासिक महत्व राख्ने धेरै कथाका विषयवस्तुहरु जोडिए सिलसिलावद्ध रुपमा ।

उनको भाषणाको सुरुको कथा थियो “जमदग्नीले श्रीमतीलाई काटे, छोरा परशुरामले बुबा मैले तपाईको आज्ञा त माने । मेरो माग पुरा गरिदिनुपर्यो । जो तपाईले बचन दिनुभएको थियो । मेरी आमालाई फेरी जस्ताको तस्तै व्यूँझाईदिनोस् । अनि जमदग्नीले अपरेशन गरेर व्यूँझाईदिए । जस्ताको तस्तै बनाईदिए ।

दोश्रो कथा : “लक्ष्मण लंकामा घाईते भए । बेहोस भए । कोमामा गए । औषधीको थलो भनेको त फेरी हिमालय पर्वत हो । जाउ हिमालयमा गएर औषधी लिएर आउ भनी हनुमानलाई भनियो र उनले औषधी बोकेर गए । लक्ष्मण ब्यूँझिए ।

Advertisement

तेश्रो कथा : “शनिको नजर पुग्ने वित्तिकै पार्वजतिका छोराको शिर गायब भयो । आपत पर्यो । त्यसपछि छेउमा जे भटिन्छ त्यसको टाउको लेउ भनियो । हात्तीको टाउको ल्याएर जोडे । म्याचिङको प्रोब्लम पनि मिलाएका रहेछन् त्यत्तिबेला ।

परापूर्वकालमा चकर, आश्विनीकुमार लगायत ऋषिहरुले धन्वन्तरि आयुर्वेदको परम्परालाई अगाडि बढाएको प्रसंग उल्लेख गर्दे उनले पुर्खाहरुले अन्धविश्वासमा मात्रै नभई प्रयोगको अवधारणा अघि बढाएको बताए । पुर्खाहरुले स्वास्थ्य सम्बन्धी सबै समस्याको समाधान जडीबुटी बाट नै गर्ने गरेको र स्वस्थ्यकर जीवन विताएको भन्दै उनले आफ्नो भने ६७ बर्ष कै उमेरमा कमजोर भएको र बुद्धि बंगारा पनि फुस्किएको बताउन पनि विर्सएन्न ।

नेपालको भुगोल नै औषधी उम्रने तथा जन्मने र हुर्कने किसिमको भएको र जडीबुटीको प्रयोगमा पुर्खाहरुको असाधारण रहेको उल्लेख गर्दे प्रधानमन्त्री ओलीले आधुनिक उपचार पद्धतीमा प्राप्त सफलता तीनै पुर्खाहरुको जेनेटिक मेमोरीका कारण भएको बताए।

आधा दर्जन बढी पौराणिक, ऐतिहासिक कथाका विषयवस्तुहरु राखेका प्रधानमन्त्री ओलीले भाषणको अन्त्यमा पुग्नै लाग्दा आफु अस्वस्थ रहेको तर भाषण भने लामो गरेको स्वीकार गर्दे नक्कल विरामी भन्ने पर्ने हो कि भनी ठट्टा पनि गरे । उनले भने “कल्ले पत्याउने ? स्वास्थ्य त्यत्ति राम्रो नभएर नआउने भएर सुतिराखेको थिएँ । हैन आउनुन त भनेर अलि जोड गरेपछि उठेर आएको भन्दाखेरी अलि बोल्दै जाँदा लामो भएपछि यो नक्कली विरामी हो कि क्या हो भन्ने पर्ला । यो अस्थायी विरामी हो । यो नक्कलि चाँही होइन । अस्थायी विरामी हो ।

उनले अस्पतालले स्थापना कालदेखि अहिले सम्म १७ हजार विरामीको ओपनहर्ट सर्जरी गर्न सफल भएकोमा धन्यवाद दिदै आगामी दिनको सफलताको पनि कामना गरे ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top