प्रधानमन्त्री ओली मन्त्रीहरू फेर्ने तयारीमा : गृह, रक्षा, ऊर्जा, परराष्ट्र र सञ्चारबाहेक सबै नयाँ ?

काठमाडौं : सरकार गठन भएको सत्र महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन्। सरकारका मन्त्रीहररूको काम प्रभावकारी नभएको आलोचना र गुनासो बढेपछि मन्त्रीमण्डल पुनर्गठन गर्ने गृहकार्यमा प्रधानमन्त्री ओली लागेका हुन्।

Advertisement

सरकारका काम प्रभावकारी बनाउन र परिणाम देखाउने गरी काम गर्न मन्त्रीमण्डल फेर्नुपर्ने पार्टीभित्रबाटै दबाब बढेपछि एक दुई सातादेखि उनले पार्टीका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका छन्। नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीका सचिवालयको एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठन गर्न पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम लगायतका शीर्ष नेताहरूसँग परामर्श गरेका छन्।

साथै उनले मन्त्रीमण्डल फेर्दा नयाँ मन्त्री हुने पात्रबारेपनि परामर्श गरेका छन् । सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीका शीर्ष नेताको सुझावलाई आत्मसाथ गर्दै प्रधानमन्त्री ओलीले पार्टीको विभाग र आयोगका प्रमुखहरूको जिम्मेवारीको टुंगो लागेलगत्तै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको उनको सचिवालयका एक सदस्यले बताए।

Advertisement

उनका अनुसार चारवटा मन्त्रीबाहेक अरू मन्त्रीलाई विदाई गरेर नयाँ मन्त्रीलाई ल्याउने प्रधानमन्त्रीको तयारी छ। गृह, रक्षा, उर्जा, परराष्ट्र र सञ्चारबाहेक अन्य मन्त्री हटाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको स्रोतको दाबी छ। प्रधानमन्त्री मन्त्री मात्र होइन सचिवालयका विवादित सदस्यलाई हटाएर नयाँ पात्र ल्याउने कसरतमा लाग्नुभएको छ,’ स्रोतले भन्यो, ‘दुई तिहाईको सरकारले परिणाम दिने गरी काम गर्ने मन्त्री ल्याउन प्रधानमन्त्री कटिबद्ध हुनुहुन्छ।’

भीम रावल, योगेश भट्टराई, महेश बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल नयाँ मन्त्री हुनेहरूको पहिलो सूचीमा छन्। विगतमा गुटगत रूपमा मात्र मन्त्री बनाएको आलोचना खेपेका प्रधानमन्त्री ओलीले यसपटक सबै गुटबाट प्रतिनिधित्व हुने र काम गर्नसक्ने पात्र समावेश गर्ने गृहकार्य अगाडि बढाएका छन्। । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top