विराटनगरमा पनि खुल्यो कपडा लेनदेन गर्ने ‘क्लोथ बैंक’, गरिबका लागी सहारा बन्दै युवाहरू

११ साउन ७६, आइतबार

१२ साउन, विराटनगर ।
विराटनगरस्थित ट्राफिक चोकमा युवाहरुले शनिबारदेखि क्लोथ बैंक सञ्चालनमा ल्याएका छन् । भुषण पोमो लिम्बु र पेरिस सुवेदीको संयुक्त पहलमा क्लोथ बैंक सञ्चालनमा ल्याईएको हो । क्लोथ बैंकमा युवाहरुले पुरानो लुगा संकलन गरेर विपन्न र गरिबलाई वितरण गर्ने गरेका छन् ।

Advertisement

संयोजक पेरिस सुवेदीले लगाउन सकिने पुराना लुगालाई सफा गरेर लगाउन योग्य बनाई विपन्न र गरिबहरुलाई वितरण गरिने बताए ।उनले प्राकृतिक प्रकोपका कारण पीडित भएका कतिपय व्यक्तिहरुले कपडा नै लगाउन नसक्ने अवस्था भएको भन्दै पुरानो कपडालेनै भएपनि उनीहरुको अनुहारमा खुसी ल्याउन सक्ने बताए ।

Advertisement

त्यस्तै अर्का संयोजक भुषण पोमो लिम्बुले क्लोथ बैकमा धैरैले पुराना लुगा दिएको र शनिबारमात्रै पनि ५० जनाभन्दा बढी विपन्न व्यक्तिले कपडा लगेको जानकारी दिए । उनले त्यहाँबाट रहन जाने बाँकी कपडालाई आवश्यकता अनुसार विराटनगर आसपासको क्षेत्रमा लगेर वितरण गरिने बताए ।

क्लोथ बैंकमा पुराना लुगा दिने र लानेको नाम गोप्य राखिने जनाईएको छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top