बाढीपहिरो र डुबानले एक अर्बको क्षति, ९० हजार घर प्रभावित

११ साउन ७६, आइतबार

१२ साउन, काठमाडौँ।

असार अन्तिम साता सक्रिय भएको मनसुनका कारण आएको अविरल वर्षापछिको बाढीपहिरो र डुबानले मुलुकका विभिन्न जिल्लामा एक अर्ब बढीको क्षति भएको छ ।

बाढीपहिरो र डुबानले विभिन्न ६७ जिल्ला प्रभावित भएको थियो । अहिलेसम्म ३६ जिल्लाबाट प्राप्त विवरणअनुसार एक अर्ब छ करोड ४५ लाखको क्षति भएको गृह मन्त्रालयले जनाएको छ । विपद्बाट झण्डै ९० हजार घर प्रभावित भएका छन् ।

Advertisement

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले प्रारम्भिक अनुमानमा एक अर्ब बढीको क्षति भएको जानकारी दिँदै जिल्लामा विवरण सङ्कलन कार्य अझै पनि जारी रहेको बताए ।

बाढीबाट सबैभन्दा बढी एक अर्ब दुई करोडको क्षति भएको छ । पहिरोबाट दुई करोड ८८ लाख तथा भारी वर्षाका कारण ८० लाखको क्षति भएको जनाइएको छ । यस्तै साउन ७ र ८ गते लमजुङ र गुल्मीमा बाढी र पहिरोमा ठूलो जनधनको क्षति भएको छ ।

Advertisement

९० हजार घर प्रभावित

विपद्का कारण झण्डै ९० हजार घरधुरी प्रभावित भएको छ । विपद्बाट २२ हजार ६७० घरधुरी विस्थापित भएको, १९ हजार ९७४ घर पूर्ण क्षति र ४१ हजार ३४३ घर आंशिक क्षति भएको तथा छ हजार बढी घरमा सामान्य क्षति भएको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

अहिले विभिन्न क्षेत्रमा राहत वितरण कार्य जारी रहेको केन्द्रका प्रमुख खनालले जानकारी दिए । उनले राजमार्गमा भएको क्षतिको पुनःनिर्माणको कामसमेत जारी रहेको जानकारी दिए ।

राहत र उद्धारको कार्यलाई प्रभावकारी बनाउन केन्द्र, प्रदेश र स्थानीय तहका सरकारबीच प्रभावकारी सञ्चार र समन्वयका साथ स्रोत र साधनलाई परिचालन गरिएको सरकारले जनाएको छ । मृतक परिवारलाई प्रतिमृतक रु एक लाखका दरले राहत वितरण कार्य शुरु गरिएको छ ।

प्रदेश सरकारले हरेक जिल्लालाई तत्कालीन राहतका लागि रु १० लाखका दरले राहत उपलब्ध गराएको छ । अहिले प्रदेश र स्थानीय तहको समन्वयमा एकद्वार प्रणालीमार्फत राहत वितरण कार्यलाई तीव्रता दिएको जनाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालसमेतबाट ४१ हजार बढी जनशक्ति परिचालन भएर उद्धार कार्य सञ्चालन गरेको थियो । स्थलमार्गबाट राहत वितरण गर्न नसकिएको क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत राहत वितरण कार्य जारी छ । अहिले भने मौसम कमजोर बन्दै गएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मृत्यु हुने ११३ पुगे

गृहमन्त्रालयका अनुसार विपद्मा परेर अहिलेसम्म ११३ जनाको मृत्यु भएको छ । यस्तै ३८ जना बेपत्ता भएका र ६७ जना घाइते भएका छन् । असारको २६ देखि ३० गतेसम्म अविरल वर्षासँगै बाढीपहिरो र डुबान भएको थियो । साउनको ६ र ८ गते पनि पहिरो र बाढीले विभिन्न क्षेत्रमा क्षति पु¥याएको थियो ।

प्रभावित जिल्लाबाट तीन हजार ६०० भन्दाबढीको उद्धार गरिएको छ । गुल्मीमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका छन् । रौतहटमा मात्रै बाढी पहिरोमा परेर १० जनाले ज्यान गुमाएका थिए । विस्थापितलाई सुरक्षित स्थानमा राखिएको सरकारले जनाएको छ । रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top