नेपाली सेनाद्वारा कटहरीका बाढी पीडितलाई राहत वितरण

११ साउन ७६, आइतबार

११ साउन, मोरङ ।
नेपाली सेनाको सूर्यदल गण र सैनिक श्रीमती संघले मोरङको कटहरीका बाढी पीडितलाई राहत वितरण गरेको छ । नेपाली सेनाको सूर्यदल गण थलहा ब्यारेक र सैनिक श्रीमती संघले आइबतार कटहरी गांउपालिका परिसरमा कार्यक्रमको आयोजना गर्दै पीडित परिवारहरुलाई राहत वितरण गरेको हो ।

सो क्रममा वडानम्बर १,२ र ६ का बाढी तथा डुबान प्रभावित पिछडिएका तथा विपन्न वर्गका परिवारलाई राहत वितरण गरिएको छ । पूर्वी पृतना हेडक्वाटर इटहरीका निमित्त पृतनापति सहायक रथी यामप्रसाद ढकाल,मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी,कटहरी गांउपालिकाका अध्यक्ष रामकुमार कामत उपाध्यक्ष मन्जिता सरदार र सूर्य दल गणका प्रमुख सेनानी राघुनाथ पौडेलले पीडितहरुलाई राहत वितरण गरेका थिए ।

Advertisement

कार्यक्रममा १ सय ९५ घर–परिवारलाई राहत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश कार्कीले जानकारी दिए । उनले पीडितहरुलाई प्रति परिवार राहतस्वरुप हरियो मण्डी १ थान,मेट्रस फोम १ ,झुल र त्रिपाल १÷१ र ड्रिंकिङ वाटर १ कार्टुन राहतस्वरुप प्रदान गरिएको बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी लगायतको सहभागिता थियो ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top