गोर्खा ब्रुअरी ८८ करोड कर–छली प्रकरणः न्यायाधीशसम्म मुद्दा प-याउनु गिरोहको खोजी

१६ साउन, काठमाडौँ ।

क्षेत्राधिकार मिचेर मुद्दाको फैसला गरेको भन्दै पोखरा उच्च अदालतका तीन न्यायाधीश कारबाहीमा परेपछि कानुनी प्रक्रियाका विज्ञहरुले ‘न्यायाधीशसम्म मुद्दा पु¥याउने दर्तावालादेखिको गिरोहको खोजी गरी कारबाही चलाउनुपर्ने’ धारणा राखेका छन् ।

गोर्खा ब्रुअरी कम्पनीको कर सम्बन्धी मुद्दामा उक्त अदालतका तीन न्यायाधीशले क्षेत्राधिकार मिचेर सुनुवाई र कम्पनीकै पक्षमा फैसला सुनाएपछि यस विषयले चर्चा पाइरहेको छ । कम्पनीले कर छल्नका लागि गिरोहलाई प्रभावमा पारेको स्रोतको दावी छ ।

Advertisement

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालले मानविय त्रुटिले पनि यस्तो हुन सक्ने तर गलत नियतले हो भने तीन न्यायाधीश मात्रै नभई यससँग सम्बन्धित प्रक्रियामा सामेल सबै छानविनमा तानिनुपर्ने धारणा राख्नुभयो ।

‘कुनै मुद्दामा मानवीय त्रुटि पनि हुनसक्छ तर गलत नियतले गरिएकै हो भने तीन न्यायाधीशलाई छानविनमा तानिएर मात्रै हुँदैन, रिट दर्ता गर्नेदेखि लिएर मुख्य न्यायाधीश, रजिष्टारसम्म पनि छानबिनमा तानिनुपर्छ’, उनले भने ।
त्यस्तै नेपाल बार एशोसिएसन केन्द्रका उपाध्यक्ष सुरेन्द्र थापामगरले न्यायपालिकाको गरिमा झुकाउने काम कसैले गरेमा कार्वाही गर्नुपर्ने बताए । उनले छानबिनमा तानिएका तीन न्यायाधीशको विषयमा छानविन समितिले उचित निष्कर्ष निकाल्ने बताए।

Advertisement

‘न्यायपालिकाको गरिमा बचाउन अक्षम र अयोग्य जोकोही पनि दण्डहीनताको अवस्थामा रहनु हुँदैन । न्यायपालिकाको शिर झुक्नु हुँदैन, कहीं कतै अदालतभित्र विकृति विसंगति छन् भने त्यसको अन्त्य हुन आवश्क छ’, उनको भनाइ थियो ।

इमानदार र सक्षम न्यायाधीशको समेत छवि बिगार्ने किसिमले हुने यस्ता गतिविधिमा संलग्न जोकोहीलाई समेत कानुनी दायरामा ल्याई कारबाही हुनुपर्ने उहाँको जिकिर छ । ‘यसका लागि छानबिन समिमिसमेत गठन गरिएको छ । समितिले छानबिन गरी सत्य–तथ्य बाहिर ल्याउने छ,’ उनले विश्वास प्रकट गरे ।

कम्पनीका नाममा आन्तरिक राजस्व कार्यालय, भरतपुरले निर्धारण गरेको अन्तः शुल्कको विषयमा सूचना पठाएपनि चित्त नबुझे समय सीमाभित्र निवेदन दिन आउनुपर्नेमा कम्पनी क्षेत्राधिकारभन्दा बाहिरको अदालतमा गएको अवस्था छ ।

अदालतका न्यायाधीश रामचन्द्र यादवले जेठ २० गते र न्यायाधीश जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलासले असार ११ गते राजस्व कार्यालयलाई कर निर्धारण गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
उक्त आदेशको विरुद्ध राजश्व कार्यालय सर्वाेच्च अदालत गएको थियो । सो रिटमाथि सुनुवाई गर्दै यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको एकल इजलासले क्षेत्राधिकार मिचेर आदेश दिने तीनै न्यायाधीशलाई कारबाही सिफारिस गरेको थियो ।

अहिले सर्वाेच्चका न्यायाधीश सपना मल्लको संयोजकत्वमा न्याय परिषद्ले छानबिन समिति बनाइसकेको छ । समितिलाई १५ दिनभित्र कार्यसम्पन्न गर्न समयसिमा तोकिएको छ ।

राजस्व कार्यालयले कम्पनीको नाममा आब २०७३ देखि २०७५ सम्मको ८७ करोड ९० लाख कर निर्धारण गरी भुक्तानीका लागि जेठ ७ गते सूचना पठाएको थियो ।नेपाल समाचारपत्र

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top