कोटेश्वरमा उस्तै सास्ती

१७ साउन ७६, शुक्रबार
Share this
752shares

१७ साउन, विराटनगर ।

Advertisement

काठमाडौं भित्रने मुख्य नाका काटेश्वरमा अध्याधिक रुपमा ट्राफिक जाम बढेको छ । तीनकुने–सूर्य विनायक सडक छ लेनको बनेपछि काटेश्वर चोकमा ट्राफिक जामले सर्वसाधारण हैरान भएका छन् ।यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

अरनिको राजमार्ग, वीपी राजमार्ग हुँदै आउने सवारी साधन कोटेश्वर नाकाबाटै काठमाडौं प्रवेश गर्ने गरेका छन् । दैनिक हजारौको संख्यामा सवारी साधन ओहोरदोहोर गर्ने कोटेश्वर चोकमा आकाशे पुल नहुँदा ट्राफिक जामको थपबोझ थपिएको छ । कोटेश्वरको ट्राफिक जाम घटाउनका लागि सडक विभाग, ट्राफिक प्रहरी र जनप्रतिनिधिहरुले विकल्प तयार गरेर अगाडि बढे पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ ।

Advertisement

सडक विभागले कोटेश्वरको टंकप्रसादको शालिकबाट काठमाडौं पेप्सीकोला जोडने वडा कार्यालयसम्मको सडक, जडिबुटीबाट मनहरा खोला हुँदै बालकुमारी जोड्ने दुईवटा वैकल्पिक सर्भिस ट्रयाक निर्माणको काम अगाडि बढाए पनि गति लिन सकेको छैन ।

काठमाडौँ ंमहानगरपालिका–३२ का वडा अध्यक्ष नवराज पराजुलीले तीनकुने–कोटेश्वर–जडिबुटीमा देखिएको बढदो ट्राफिक जाम घटाउनले अभियानमा लागेको बताउँदै भन्नुभयो, ‘अस्तव्यस्त बन्दै गएको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन सरोकारवाला निकायसँग छलफल गरिरहेका छौँ, अब केही समयपछि नै सहज हुन्छ ।’

Advertisement

यस्तै काठमाडौं र भक्तपुरको सिमाना जडीबुटी–कोटेश्वर चोक भएर गुड्ने सवारी साधनका लागि वैकल्पिक सडक निर्माणको कामले पनि गति सकेको छैन । मनहरा खोलामा निर्माण गर्न लागिएको बेलिब्रिज अहिलेसम्म बनेको छैन ।

तर सडक विभागका अनुसार मनोहरा खोलाको करिडोरमा सवारी साधन सञ्चालन गरेर कोटेश्वरको जाम न्यूनीकरण गर्न लागिएको छ । यसका लागि विभागले भक्तपुरबाट कोटेश्वर प्रवेश गर्ने सवारीलाई मनोहराको करिडोर हुँदै बालकुमारी पुलबाट चक्रपथमा प्रवेश गराउने योजना अगाडि सारेको छ । सूर्यविनायक हुँदै सातदोबाटो, बानेश्वर, रत्नपार्क, कलंकी जाने सवारी पनि बालकुमारी पुलको बाटो हुँदै चक्रपथमा प्रवेश गर्नेछ ।

महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता रवि पौडेलले समयमा नै वैकल्पिक मार्ग नबन्दा कोटेश्वरमा ट्राफिक जाम बढेको बताउँदै भन्नुभयो, ‘बढ्दो ट्राफिक जाम व्यवस्थापन गर्न बढी नै जनशक्ति परिचालन गरेका छौं ।’ काठमाडौं भित्रिने मुख्य नाकामध्ये कोटेश्वरमा अहिले ट्राफिक प्रहरीले ६४ जना जनशक्ति परिचालन गर्दै आएको छ ।

सडक विभागले हाल कोटेश्वर चोकमा आकाशे पुल बनाउने प्रक्रिया अगाडि बढाएको छ । पुल नहुँदा पैदलयात्रुको लागि तीन मिनेट समय खर्चिनु परेको महाशाखाले जनाएको छ । वैकल्पिक सर्भिस ट्रयाकका रुपमा अगाडि सारिएको बालकुमारी जोडने र पेप्सीकोला जोड्ने सडक पनि अहिले हिलाम्य भएर सवारी चलाउनै नसक्ने अवस्थामा पुगेको छ । आकाशे पुल निमार्ण गरेर दुई वटै सर्भिक ट्रयाक पूर्ण रुपमा सञ्चालन गर्न सके चालिस प्रतिशत ट्राफिक जाम घटाउन सकिने निष्कर्ष ट्राफिक महाशाखाको छ ।

सरकारले गतबर्ष नै तीनकुने जडिबटी (एयरपोर्ट मुनि)बाट जोड्न सुरुङ निर्माणलाई प्राथमिकतामा राखे पनि यस बर्ष सम्भाव्यता अध्ययन गर्नको लागि मात्र बजेट छुटयाइएको छ । जापान सरकारले निर्माण गर्न चासो देखाएको सुरुङ मार्ग निर्माणमा भौतिक पूर्वाधार मन्त्रालयले चासो नदेखाएको भक्तपुरका प्रतिनिधिसभा सांसद महेश वस्नेतले बताए ।

मनहरा खोलाबाट बालकुमारी जोड्ने सडक निर्माणको काम भने बर्षा सकिने वित्तिकै अगाडि बढ्ने बताउँदै सांसद वस्नेतले भने ‘कोटेश्वरको सर्भिस ट्रयाक सञ्चालनमा ल्याउन पर्यटनमन्त्रीसँग गम्भीर छलफल हुन्छ, अबको छ महिनाभित्र कोटेश्वरको ट्राफिक जाम घट्छ ।’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top