Nepal Times
Nepal Times
3
Shares

लागुऔषधसहित भारतीय पक्राउ

लागुऔषधसहित भारतीय पक्राउ

काठमाडौँ, २१ माघ  ः महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले ६३२ एम्पुल लागुऔषधसहित आज एक भारतीयलाई पक्राउ गरेको छ ।

प्रभागको टोलीले वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा लागुऔषधसहित नारायण गिरीलाई बिहान पक्राउ गरेको हो ।

गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले जानकारी दिनुभयो । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।
(रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.