Nepal Times
Nepal Times
3
Shares

नेपल टाईम्स मिडिया प्रा.लि र सटर्सअप फोटोग्राफि बिच साझेदारी

नेपल टाईम्स मिडिया प्रा.लि र सटर्सअप फोटोग्राफि बिच साझेदारी

विराटनगर, माघ २१
नेपाल टाईम्स डट नेट अनलाइ समाचार पत्रिका सञ्चचालन गर्दै आएको नेपाल टाईम्स मिडिया प्रा. लि र व्यवसायीक फोटो्रग्राफिमा विराटनगरलगायत पूर्वमै चर्चित सटर्सअप फोटोग्राफि बिच साझेदारी भएको छ ।

स्थापनाको छोटो समयमै व्यापक ‘भ्यूवर्स’ बनाउन सफल नेपाल टाईम्स मिडिया प्रा.लि र विराटनगरका सकृय युवाहरुद्धारा करीब १ वर्षअघि सञ्चालित विराटनगर लगायत पूर्वमै व्यवसायीक फोटोग्राफिमा अब्बल सटर्सअप फोटोग्राफिको शनिबार बसेको संयुक्त बैठकले साझेदारी गरेर अघाडी बढ्ने निर्णय गरेको हो ।

बैठकको पछि दुवै संस्थाबिच सम्झौता समेत गरिएको छ । जस अनुसार नेपाल टाईम्स मिडिया प्रालिले सटर्सअपको सवै कृयाकलापहरुलाई प्रवद्र्धन गर्नेछ र सटर्सअप फोटोग्राफिले पनि नेपाल टाईम्स मिडिया प्रालिका लागि सम्पुर्ण फोटोग्राफिमा सहयोग गर्नेछ ।

दुवै संस्थाको कार्यलय पनि एकै स्थानमा रहने नेपाल टाईम्स मिडिया प्रा.लि. का सञ्चालक समितिका अध्यक्ष सैहैन्शा सिद्धिकीले जानकारी दिए । सम्झौता पत्रमा नेपाल टाईम्स मिडिया प्रा.लि. का तर्फबाट नेपाल टाईम्स मिडिया प्रा.लि. का सञ्चालक समितिका अध्यक्ष सैहैन्शा सिद्धिकी र सटर्सअप फोटोग्राफिका तर्फबाट बादल शाहले हस्ताक्षर गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.