रुस र चीनसँग नयाँ सम्झौता हुनुपर्नेः ट्रम्प

साउन १८, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनसँग नयाँ परमाणु सम्झौता हुनुपर्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले दुवै देशसँग केही योजना भएकाले नयाँ परमाणु सम्झौता गर्नुपर्ने बताएका हुन् । परमाणु सम्झौताबारे विवाद बढ्दै गएपछि राष्ट्रपति ट्रम्पले दुवै देशसँग नयाँ सम्झौताको प्रस्ताव गरेका हुन् ।

ट्रपले गत फेब्रुअरीमा रुसले सम्झौता पालना नगरे त्यसबाट फिर्ता हुने चेतावनी दिएका थिए । त्यसका लागि उनले अगस्ट २ सम्मको समयसिमा दिएका थिए । ट्रम्पको चेतावनीलगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौता प्रतिको दायित्वलाई निलम्बन गरेका थिए ।

Advertisement

सम्झौताबाट पछि हट्ने संकेत गरेसँगै अमेरिकाले नयाँ परमाणु क्षेप्यास्त्रको परीक्षण गर्ने तयारीसमेत गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखायल गोर्भाचेभले सन् १९८० परमाणु सम्झौतामा हस्ताक्षर गरेका थिए ।

Advertisement

सम्झौताले ५ सयदेखि ५ हजार ५ सय किलोमिटर दुरी रेञ्ज भएको क्षेप्यास्त्रलाई प्रतिबन्ध गरेको थियो । तर यो वर्षको सुरुवातमा अमेरिका र नेटोले नयाँ प्रकारको क्रुज क्षेप्यास्त्र निर्माण सम्झौता भंग गरेको आरोप रुसमाथि लाग्दै आएको थियो ।

रुसले एनएम सेभेन टु नाइन मिसाइललाई तैनाथ गरेको प्रमाण आफूसँग रहेको अमेरिकाले दाबी गरेको थियो । अमेरिकी दाबीलाई नेटो संलग्न राष्ट्रहरुले पनि समर्थन गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top