मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबल खेल्न तीन महिना प्रतिबन्ध

साउन १८, एजेन्सी । अर्जेन्टिनाका फुटबल क्याप्टेन लियोनल मेस्सीलाई अन्तर्रा्ष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागेको छ ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्ध लगाएको हो । कोपा अमेरिकी फुटबलमा भ्रष्टाचार रहेको आरोप लगाएपछि मेस्सीलाई अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको हो ।

३२ बर्षका अर्जेन्टिनी फरवार्डले तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा ब्राजिललाई उपाधि जिताउन मिलोमतो गरिएको गम्भीर आरोप लगाएका थिए ।

उनले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने गरेको आरोप लगाउँदै पदक लिन समेत अस्वीकार गरेका थिए । तेस्रो स्थानका लागि भएको प्लेअफमा मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरिएका थिए । सो खेल अर्जेन्टिनाले २–१ गोल अन्तरले जितेको थियो ।

महासंघले मेस्सीलाई तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना समेत गरेको छ । महासंघले गरेको निर्णयविरुद्ध मेसीलाई पुनरावलोकनका लागि ७ दिनको समय दिइएको छ ।

प्रतिबन्धसँगै मेसीले आगामी सेप्टेम्बर र अक्टोबरमा चिली, मेक्सिको र जर्मनीसँग हुने मैत्रीपूर्ण खेल गुमाउने छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top