Nepal Times
Nepal Times
3
Shares

प्रदेश नम्बर २ को राजधानी वीरगंज माग राख्दै बन्दको आह्वान

प्रदेश नम्बर २ को राजधानी वीरगंज माग राख्दै बन्दको आह्वान

विरगंज, माघ २१
प्रदेश नम्बर २ को राजधानी वीरगंज हुनुपर्ने माग राख्दै आज वीरगंज बन्दको आह्वान गरिएको छ । सरकारले २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरमा बनाएको बिरोधमा वीरगंजमा शुरु भएको आन्दोलन अझै जारी छ ।

३२ दिनदेखि राजधानीको माग गर्दै वीरगंजको घण्टाघरमा रिले अनशन जारी छ । बन्दको कारण जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले चारवटा सवारी साधनमा तोडफोड गरेका छन् जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठक बस्ने दिन नै वीरगंज प्रादेशिक राजधानी हुनुपर्ने माग राखेर आन्दोलरत संघर्ष समितिले वीरगंज बन्दको आहन गरेको हो ।

संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताको नेतृत्वमा रहेका बन्दकर्ताहरुले वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगर, मुर्लीचोक लगायत क्षेत्रमा टायर बालेर प्रदर्शन गरेका छन् ।

लामो तथा छोटो दुरीका सवारी साधनसँगै बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् भने बन्दको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले घण्टाघर र आदर्शनगर क्षेत्रमा सवारी साधनमा तोडफोड गरेका छन् । बन्दका क्रममा एम्बुलेन्स, दमकल लगायत अत्यावश्यक सवारी साधन भने सञ्चालन हुन दिइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.