Nepal Times
Nepal Times
3
Shares

प्रदेश १ मा तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गरिने

प्रदेश १ मा तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गरिने

विराटनगर, माघ २१
१ नम्बर प्रदेशका प्रमुख सचिव यादवराज कोइरालाले तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गर्ने बताएका छन् ।

प्रमुख सचिव कोइरालाले आजबाट विराटनगरको रोडशेषस्थित क्षेत्रीय कृषि निर्देशनालयको कार्यालयमा मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना गर्दै कार्यसम्पादन सुरु गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै सचिव कोइरालाले तत्काल ऐन निर्माण गर्ने, कार्यसम्पादन नियमावली तर्जुमा गर्ने लगायतका काम अघि बढाइने बताएका हुन् । उनले ऐन तथा नियमावली निर्माण गरेपछि मात्रै समृद्धि र विकास तर्फ प्रदेश सरकार अगाडि बढ्ने बताए ।

अब एक नम्बर प्रदेश सरकार विकास निर्माणमा केन्द्रीत हुने उनले बताए । सुशासन कायम गर्ने, सेवाको प्रभावकारिता ,मन्त्रालयको अनुगमन र समायोजन गर्ने काम मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गर्ने उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.