काठमाडौं, माघ २१
सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउने तयारी गरेको छ । जनसंख्या तथा वातावरण मन्त्रालयका सहसचिव डा. रामप्रसाद लम्सालले वातावरण र जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दालाई सम्बोधन गर्न सरकारले वातावरण संरक्षणसम्बन्धी नयाँ ऐन बनाउन लागेको जानकारी गराएका हुन् ।
आज काठमाडांैमा आयोजित वातावरणसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वातावरण संरक्षणमा देखिएका चुनौतिलाई सामना गर्न सरकारले सबै स्थानीय तहमा पनि वातावरण संरक्षण ऐन लागू गराउने तयारी गरिरहेको पनि बताए ।
सहसचिव लम्सालले वातावरण संरक्षण गरी नागरिकको वातावरणीय स्वच्छता सम्बन्धि हकलाई सुनिश्चित गराउन सरकार लागि परेको पनि दाबी गरे । उनले वातावरण संरक्षण ऐनको प्रभावकारी कार्यान्वयन गर्ने दायित्व पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
सहसचिव लम्सालले जलवायू परिवर्तनको मुद्दालाई सम्बोधन गर्न पनि सरकारले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेको पनि स्पष्ट पारे ।