झापा, माघ २१
इलामको सूर्योदय नगरपालिकाले नगरभित्र पर्ने मेची राजमार्गका १५ मिटर भित्र बनाइएका घर टहरा भत्काउने निर्णय गरेसँगै नगरवासीमा त्रास पैदा भएको छ ।
सडकले छोएका १५ मिटरभित्र पर्ने घरटहरा नगरले हटाउन आग्रहसहितको सूचना जारी गरेसँगै प्रभावित क्षेत्रका वासिन्दाहरुमा त्रास पैदा भएको हो । सुरुमा नै १५ दिनभित्र घरटहरा हटाउन आग्रह गर्दा आफूहरु माथि अन्याय भएको १५ मिटरभित्र घरटहरा भएकाहरुको भनाई ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नै आफुहरु अघि वढेको नगरपालिकाले वताएको छ । आफुहरु पिडित भएको भन्दै शिवकुमार राईको संयोजकत्वमा त्यस क्षेत्रका स्थानिय आन्दोलनमा उत्रिएका छन् ।
नगरपालिकाले सम्वन्धित पक्षसँग छलफल नै नगरी सूचनाजारी गरेको प्रभावित स्थानीयवासीको भनाई छ । मेची राजमार्गको रोङ गाउँपालिका कोलबुङ (कलश) बाट माइखोला सम्ममा ८०० परिवार विस्थापित हुने भएकाले निर्णय सच्याएर सूचना जारी गरिनुपर्ने प्रभावित क्षेत्रका वासिन्दाले माग गरेका छन् ।
यता नगरपालिकाका प्रमुख रणबहादुर राईले भने स्थानीयसँग छलफल गरेरै अघि वढेको वताएका छन् ।
५७ हजार भन्दा बढी जनसङ्ख्या रहेको सूर्योदय नगरपालिकाको किनमेल र धेरैको कामकाज गर्ने ठाउँ नै फिक्कल वजार भएका कारण वजार क्षेत्रको सडक साँगुरो भएकाले सडक विस्तारका लागि यस्तो सूचना जारी गरेको मेयर राईले वताए ।