धादिङ बस दुर्घटना : ५ को मृत्यु , २० बेपत्ता, १६ घाइते ( नामसहित)

२४ साउन, धादिङ ।

शुक्रबार बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा न. ३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको संख्या पाँच पुगेको छ । मोडमा पुगेपछि सिधै त्रिशुली नदीमा खसेको बस सडकबाट करिब १ सय मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा मृत्यु भएका मानिसहरुमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय बिजय कुर्मि र नाम वतन नखुलेको एक जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक राजकुमार वैदवारले बताए ।

Advertisement

यसैगरि नदीले बगाएर लगेको अवस्थामा मुगलिन नजिकैबाट २ जनाको लास प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १६ जना घाइते भएकोले उपचार भइरहेको छ ।घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी, ट्रमा सेन्टर काठमाण्डौमा उपचार भइरहेको छ ।

गजुरी अस्पताल धादिङमा उपचार पश्चात डिस्चार्ज भएका घाईतेहरु :

Advertisement

१.सर्लाही जिल्ला गमहरिया नपा वडा नं.८ बस्ने बर्ष ३६ को दिनेश ठाकुर
२. सर्लाही जिल्ला हरिपुर ७ बस्ने बर्ष ३४ को भोगेन्द्र चौधरी
३. सर्लाही जिल्ला औरही गापा ७ बस्ने बर्ष १५ को राहुल महत्तो मध्यम
४. सर्लाही जिल्ल्ला हरिपुर नपा ९ बस्ने बर्ष अमृत लामा
५. सर्लाही जिल्ला कबिलासी लाठी गापा ६ बस्ने बर्ष ३१ को भुपेन्द्र कुमार यादव
६. सर्लाही जिल्ला कबिलासी गापा ४ बस्ने बर्ष ३३ बिजय राय यादव
७. भारत बिहार सितामणी पनौलीथाना ४ बस्ने बर्ष ४२ को भिरेन्द्र ठाकुर

काठमाडौ ट्रमा सेन्टरमा उपचार भैरहेको घाईतेहरु :

८. भारत सितामणी घर हुने बर्ष ४० को धिरेन्द्र ठाकुर, २ जिल्ला सर्लाही कबिलास गापा ४ बस्ने अं बर्ष ३२ को बिजय यादव,
९. जिल्ला सर्लाही जिल्ला हरिपुर गापा ४ बस्ने बर्ष २८ को प्रमोद कुंवर, सहचालक
१०. सर्लाही जिल्ला मलंगवा नपा ११ बस्ने अं बर्ष १६ सिकिन्द्र कुमार महतो,
११. सर्लाही जिल्ला बिष्णु गापा ५ बस्ने अं बर्ष २१ को कुश रन्जम महतो,
१२. सर्लाही जिल्ला ब्रहमपुरी बस्ने बर्ष १६ की स्वेता रौनियार,
१३. सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक बर्ष ४० को जिवन बिक
१४. सर्लाही जिल्ला ब्रहमपुरी ६ बस्ने बर्ष २२ को राकेश बैठा

अन्य दुई जनाको नाम खुलेको छैन । ना ६ ख ७४६९ नम्बरको बिहान ३ बजेको समयमा नदीमा खसेपछि केही व्यक्तिहरुले पौडेर ज्यान बचाएका थिए । राती पौडेर ज्यान बचाएपनि बिहान ७ बजेमात्र दुई जनाको नदी किनारको खोचबाट उद्धार गरिएको थियो । उनीहरुको अवस्था सामान्य रहेको छ ।

यात्रु बसमा मलंगवाबाट ३९ यात्रु र हरिपुरबाट दुई यात्रु चढेको यातायात समितिले जनाएको छ । सोही गाडीमा सवार बि १६ न. सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर चार जना मानिस मुढामा बसेको र सवारी चालकदलका सदस्यबाहेक क्याबिनमा अन्य चार जना रहेका थिए ।

उनीहरु सबैको उद्धार नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र रेडक्रसका स्वयंसेवक राजमार्ग उद्धारकर्ताहरुले गरेका थिए । रातीको समय भएकोले उद्धारमा समस्या आएको थियो । प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top