×

NEPAL TIMES UPDATES

Playing
सुकुम्बासीको लगत संकलन, नापी र पूर्जा वितरणमा कांग्रेस अगुवा बन्ने|| Nepal Times
May 11, 2026
Playing
ट्रम्प बुधबार चीन जाँदै, सीसंग गर्दैछन् इरानबारे छलफल|| Nepal Times
May 11, 2026
Playing
सुशीला प्रधानमन्त्री हुँदा बेइज्जत गरिएको थियो ?अहिले रिस पोखिन्|| Nepal Times
May 11, 2026
Playing
‘तेल कम खानु, एक वर्ष सुन नकिन्नु’ःमोदीले जनता गुहारेपछि विपक्षीले घेरे|| Nepal Times
May 11, 2026
Playing
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान|| Nepal Times
May 11, 2026
Playing
आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै || Nepal Times
May 11, 2026
Playing
ठूलो दु र्घट ना टर्यो, डेढ घण्टापछि त्रिभुवन विमानस्थल खुल्यो || Nepal Times
May 11, 2026
Playing
बालेन सरकारको नीति तथा कार्यक्रम आज || Nepal Times
May 11, 2026
Playing
रविले जे बोले पनि हाइलाइट,सबै दलको मुक्तकण्ठले गरे प्रशंसा|| Nepal Times
May 10, 2026
Playing
किमको जीवनसँग जोडियो परमाणु हमला, हत्या भए सिधै आक्रमण|| Nepal Times
May 10, 2026

गाडी एसेम्बल गर्न दर्ता भएका २३ मध्ये १५ कम्पनी विदेशी, उत्पादन कहिले गर्छन् टुङ्गो छैन

२४ श्रावण २०७६

२४ साउन, काठमाडौँ ।

पछिल्लो समय नेपालमा गाडी एसेम्बल गर्ने कम्पनी दर्ताको लहर चलेको छ । उद्योग विभागका अनुसार अहिलेसम्म २३ वटा कम्पनी दर्ता भएका छन् । यी मध्ये १५ वटामा विदेशी कम्पनीले लगानी गर्दैछन् । २३ वटामध्ये धेरैले विद्युतीय मोटरसाइल र स्कुटर उत्पादनको लक्ष्य राखेका छन् । तर, उद्योग विभागमा दर्ता भएका ती कम्पनीले कहिलेबाट उत्पादन थाल्छन् भन्ने यकिन छैन ।

Advertisement
Advertisement

गाडी एसेम्बल गर्ने १२ अर्ब १५ करोड २० लाख लगानीका उद्योग दर्ता भएकोमा विदेशी कम्पनीका मात्रै १० अर्ब ३४ करोड ५० लाखको लगानी हुने विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएको उद्योगहरु मध्ये सबैभन्दा धेरै लगानी कोरियाको मोट्रेक्स कम्पनी प्रालिको हुनेछ । यो उद्योगको मात्रै १० अर्ब ५४ करोड लगानी छ ।

स्वदेशीमा सबैभन्दा धेरै लक्ष्मी मोटर कर्पोरेशन प्रालिले लगानी गर्ने भएको छ । सो उद्योगको कूल पूँजी १ अर्ब ३२ करोड रहेको छ । उद्योग विभागको तथ्याङ्क अनुसार ११ वटा उद्योगमा विदेशीको पूर्ण लगानी रहेको छ भने दर्ता भएका मध्ये ८ वटा उद्योगमा मात्रै नेपाली कम्पनीको पूर्ण लगानी हुनेछ । ४ वटा उद्योगमा नेपाली र विदेशी कम्पनीले संयुक्त लगानी गर्नेछन् ।

गत वर्षमात्रै १२ वटा नयाँ एसेम्बल गर्ने उद्योग थपिएको उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ । दर्ता भएपनि यीमध्ये अधिकांश कम्पनीले काम भने थालेका छैनन् । गत वर्ष कोरियन कम्पनीले नेपालमा एसेम्बल प्लान्ट खोल्ने भएपछि अन्य लगानीकर्ताहरु पनि आकर्षित भएका हुन् ।

नेपालमा हाल एउटा मात्रै गोल्छा अर्गनाइजेशन अन्तरगतको कम्पनीले पेट्रोलबाट चल्ने बाइक एसेम्बल गर्छ । उसले ‘बजाज’ ब्रान्डका केही सेगमेन्टका बाइकहरु नेपालमै एसेम्बल गर्छ । हुलासले नेपालमै कार उत्पादनको लागि प्रयास गरिरहेको छ । नेपालमा २०६५ सालमा सबैभन्दा पहिले होङ्फा मोटरसाइकल कम्पनी दर्ता भएको विभागको तथ्याङ्कले देखाउँछ । त्यसपछि पनि लगातार विभिन्न कम्पनीहरु ‘एसेम्बल प्लान्ट’ खोल्नकै लागि दर्ता भए ।

नेपालमा गाडी एसेम्बल गर्ने २३ वटा उद्योग मध्ये ५ वटा उद्योगहरुको लगानी विभागको तथ्याङ्कमा उल्लेख छैन । यी उद्योगले उद्योगहरुले १ हजार ९६८ जनालाई रोजगारी दिने उल्लेख गरेको छन् ।

Advertisement
Advertisement

विभागका विदेशी लगानी शाखाका निर्देशक प्रशान्त बोहराले गाडी एसेम्बल गर्ने उद्योग स्थापनामा विदेशीको आर्कषण हुनुमा यो क्षेत्रको लगानी नेपालमा शुरुवाती अवस्थामा रहेका हुन सक्ने बताए । उनले भने-‘विदेशीहरुसँग प्रविधिको राम्रो अनुभव, ज्ञान भएकाले पनि नेपालमा गाडी एसेम्बल गर्ने उद्योगमा आकर्षण बढेको हुन सक्छ ।’(विकास न्युजबाट)

भर्खरको समाचार

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

भुक्तानी विवादले रोकियो राष्ट्रिय सपना गौतमबुद्ध रंगशालाको काम

GautamBuddhacricketstadium_20211223141704 (1)

लिपुलेकबारे बालेन सरकारले अब भारतसँग वार्ता गर्ने

MixCollage-08-May-2026-03-47-PM-2837

नेपालको पासपोर्ट विश्वका सबैभन्दा कमजोर देशहरूको सूचीमा

Passports-1024x672

सम्बन्धित खबरहरु

Scroll to Top