सप्तकोशी उच्च बाँधको सत्यतथ्य बाहिर ल्याउन कांग्रेसको माग

२५ साउन ७६, आइतबार

साउन २६, विराटनगर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सप्तकोशी उच्च बाँध परियोजनको बारेमा १ नं प्रदेश सभामार्फत सत्यतथ्य बाहिर ल्याउन प्रदेश सरकारसंग माग गरेको छ ।

प्रदेश सभाको आइतबार बसेको बैठकमा बिशेष समयमा बोल्दै कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले सभामुख मार्फत प्रदेश सरकारसंग परियोजनाको बारेमा जानकारी माग गरेका हुन ।

‘संघीय सरकारको क्षेत्राअधिकारमा पर्छ भनेर प्रदेश सरकार उम्किन पाँउदैन,’नेता कोइरालाले भने ‘भारत सरकारले परियोजनाको बिस्तृत अध्ययनका लागि करोडौ रकम विनियोजन गरेको छ,।’ परियोजनाको बारेमा यर्थाथ यस सदनलाई सरकारले जानकारी गराउन माग गर्दछु।’

उनले भारतले कोशी उच्च बाँधको निर्माणको लागि भनेर ७ सय करोड रुपैया बिस्तृत अध्ययनका लागि बजेट समेत छुटइसकेको अबस्थामा बाँध निर्माण भएको खण्डमा यसबाट आसपासका क्षेत्रमा ठूलो नोक्सानी हुन सक्ने तर्फ सरकारको ध्यानकर्षण समेत गराएका छन ।

संघीय सरकारको क्षेत्र अधिकारमा पर्ने भनेर प्रदेश सरकार आफनो प्रदेश भित्र निर्माण हुने यस्ता परियोजनाबाट उम्किन नहुने भन्दै कोइरालाले संघीयता सहकार्य र सहअस्तित्वमा आधारित संघीयता भएको बताउदै संघीय सरकारसंगको समन्वयमा बाँधका बारेमा प्रदेशका जनतालाई जानकारी गराउनु प्रदेश सरकारको कतब्र्य भएको बताए ।

उनले कोशी उच्च बाँध निर्माणमा तीन वटै सरकारको सरोकार त्यसमापनि सबै भन्दा बढी संघीय सरकारको मुद्धा भन्दै त्यस बिषयमा प्रदेश सरकार भने टुलुटुलु बसेर हेर्न नमिल्ने बताए ।

प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै नेपाली कांग्रेसका संसदीय दलका सचेतक सुर्यामाराज राईले मोरङ पथरी शनिश्चरेमा लामो समयदेखि रहेको सुकुम्बासी समस्या हल गर्न प्रदेश सरकार गम्भिर भएर समस्या हल गर्न अग्रसर बन्नु पर्ने बताए ।

पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा लामो समयदेखि जग्गाको दोहोरो स्वमित्वको बिवाद हल गर्न उनले माग गरे ।

बैठकमा अर्थ समितिका सभापति मोहनकुमार खड्काले समितिले तयार पारेका बार्षिक प्रतिवेदन सदन मार्फत सभामुलाई बुझाएका छन ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top