हङकङमा जारी प्रदर्शनका कारण विमानस्थलबाट हुने उडान अझै प्रभावित

२९ साउन ७६, बुधबार
Share this
706shares

साउन २९, एजेन्सी । हङकङमा १० हप्तादेखि जारी विरोध प्रदर्शनका कारण दोस्रो दिन पनि विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् ।

Advertisement

प्रदर्शनकारीहरु प्रस्थान क्षेत्रमा बसेका कारण यात्रुहरुलाई विमानस्थल प्रवेश गर्न अफ्ठेरो भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विश्वको व्यस्त मध्येको एक मानिने उक्त विमानस्थलमा २ दिनदेखि निरन्तर प्रदर्शन हुँदै आएको छ ।

अधिकारीहरूले प्रदर्शनकारीलाई सचेत गराउँदा गराउँदै पनि विमानस्थलमा भिड जम्मा भएको थियो । प्रदर्शनकारीहरूले लगेज बोकिने ट्रलीहरू प्रयोग गरेर अवरोध गरेको समाचारमा जनाइएको छ ।

Advertisement

विमानस्थलको वेबसाइटमा राखिएको विज्ञप्तीमा यात्रुहरूलाई छिटोभन्दा छिटो टर्मिनल भवन छाड्न सुझाइएको थियो ।

हङकङमा भइरहेको प्रदर्शनमा अत्याधिक बल प्रयोग गरेर दमन भइरहेको भन्दै संयुक्त राष्ट्रसंघको मानवअधिकार प्रमुख मिचेल बोक्चेलेटले घटनाबारे स्वतन्त्र रुपमा छानविन हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

Advertisement

हङ्कङको राजनीतिक संकट अझै चलिरहँदा बेइजिङले हस्तक्षेप गर्ने चेतावनी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top