एजेन्सी, साउन ३०
कश्मीरको सीमाक्षेत्रमा गोलीबारी हुँदा तीनजना पाकिस्तानी सेना र पाँच भारतीय सेना मारिएका छन् । कश्मीरको विवादास्पद क्षेत्रमा दोहोरो गोली हानाहानमा यस्तो घटना भएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेना प्रवक्ता असिफ गाफुरले आफ्नो ट्वीटरमार्फत पनि यस्तो जानकारी दिएका छन् । उनका अनुसार भारतीय सुरक्षाफौजले लिपा उपत्याकास्थित पाकिस्तानी सेनालाई लक्षित गर्दै आक्रमण गरेको थियो ।
न्युज च्यानल एएनआईका अनुसार भारतीय सेनाले पाकिस्तानी सेनाको अभिव्यक्तिलाई भने अस्वीकार गरेको छ । भारतले कश्मीरको विशेषाधिकार खारेज गरेपछि नै पाकिस्तानसँग दुश्मनी झन् चर्किँदै गरेको छ ।
